काभ्रेपलान्चोक । नेपाल डेरी एशोसिएशनको ‘२७ औं वार्षिक साधारण सभा एवं स्थापना दिवस तथा ९ औं राष्ट्रिय महाधिवेशन’ काभ्रेपलान्चोकको पनौती नगरपालिका -९, शंखु ( नौबिसे फाँट ) स्थित रैथाने भिल्लामा सम्पन्न भएको छ ।
एशोसिएशनको ‘२७ औं वार्षिक साधारण सभा एवं स्थापना दिवस कार्यक्रम वाग्मती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसुदन पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी मन्त्री पौडेलले नेपालको अर्थतन्त्रको प्रमुख श्रोत पशुपालन र कृषि भएकाले नेपाल सरकारले निर्धारण गरेका नीतिहरुलाई प्रदेश सरकारले समेत थप ब्यवस्थित र अनुदानमुखी भन्दा उत्पादनमुखी बनाउन प्रयत्न गरिएको बताए । बर्षेनी उत्पादन घट्नु र आयात बढ्नुले चुनौती थपिएको बताउँदै मन्त्री पौडेलले उत्पादन बढाउन कृषक र व्यवसायीहरुसँग सरकार हातेमालो गर्न तयार रहेको बताए ।
त्यस्तै, कार्यक्रममा पशु सेवा विभाग हरिहरभवनका महानिर्देशक उमेश दाहाल, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य डिबी बस्नेत, व्यवसायीहरु सुमित केडियालगायतका व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।
केन्द्रीय दुग्धउत्पादक सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले नेपालको अवस्था र भोगिरहेका समस्यामा सरकारसँगको अपेक्षाका बारेमा धारणा राखेका थिए । सोही अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरुले नेपालको दुग्ध क्षेत्रको प्रोत्साहनका लागि समन्वय र सहयोग आवश्यक रहेको बताएका थिए । वरिष्ठ उपाध्यक्ष दिपप्रसाद धमलाले स्वागत गरेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो, भने सहयोगीहरुलाई प्रशंशा – पत्र प्रदान गरिएको थियो ।
साथै एशोसिएशनको ‘९ औं राष्ट्रिय महाधिवेशन’ ले नयाँ समिति सर्वसम्वत निर्वाचित गरेको छ । नेपाल डेरी एशोसिएशनको केन्द्रिय समिति निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका संयोजक प्रल्हाद महतले घोषणा गरे । साथै महतले निर्वाचित समितिलाई सपथ गराएका थिए ।