सिबिफिन (CIBFIN) को नयाँ नेतृत्व चयन भएको छ । हालै सम्पन्न संस्थाको बैठकले प्रचण्ड बहादुर श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । सिबिफिनले महासचिवमा एनएमबि बैंकका अध्यक्ष मनोज कुमार गोयल र कोषाध्यक्षमा लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाललाई सर्वसम्मत रूपमा मनोनीत गरेको छ ।
नव–निर्वाचित अध्यक्ष श्रेष्ठले सिबिफिनलाई अझ सशक्त, पारदर्शी र सदस्य–केन्द्रित संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले वित्तीय अनुशासन, संस्थागत सुदृढीकरण र नीतिगत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।
महासचिवमा नियुक्त गोयलले संगठनलाई व्यावसायिक ढंगले सञ्चालन गर्दै सदस्यहरूको हकहितका विषयलाई प्रभावकारी रूपमा उठाइने बताए । कोषाध्यक्ष नेपालले संस्थाको आर्थिक व्यवस्थापनलाई पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता जनाएका छन् ।
सिबिफिनले बैंकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित सरोकारवालाबीच सहकार्य बढाउँदै नीतिगत बहस र क्षमता अभिवृद्धिमा भूमिका खेल्दै आएको छ । नयाँ नेतृत्व चयनसँगै संस्थाको गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ ।
निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुस अन्तिम साता सम्पन्न साधारण सभादेखि संचालक समितिबाट अलग भइसकेपछि अध्यक्ष पद रिक्त भएको थियो ।