भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नागरिक लगानी कोषद्वारा ५१ लाख रुपैयाँ सहयोग


काठमाडौं, गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन का क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाहरुको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा नागरिक लगानी कोषले   एकाउन्न लाख रुपैयाँ सहयोग गरेको छ।

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले नागरिक लगानी कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत उक्त रकम सहयोग गरेको हो।

उक्त रकम बराबरको चेक नागरिक लगानी कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले अर्थमन्त्री रामेश्वरप्रसाद खनाल लाई शुक्रबार अर्थ मन्त्रालयमा हस्तान्तरण गरे। सो अवसरमा अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेय र काेषका प्रमुख कार्यकारी अधिकृत र्पवत कुमार कार्किकाे  पनि उपस्थिती जनाएका थिए।

अर्थ मन्त्रालयले जानकारी दिएको छ कि आजसम्म उक्त कोषमा जम्मा रकम रु १४ करोड ७ लाख पुगेको छ, जसले भौतिक पूर्वाधार पुनर्निर्माणका लागि दिगो स्रोतको रूपमा काम गर्ने अपेक्षा गरिएको छ।

नागरिक लगानी कोषको यस योगदानप्रति अर्थमन्त्री खनालले सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन्। यसले सम्बन्धित पुनर्निर्माण कार्यका लागि समुदायमा सकारात्मक सन्देश पठाउने विश्वास गरिएको छ।