पेट्रोलमा ३ रुपैयाँ , डिजेल/मट्टितेलमा १ रुपैयाँले भाउ घट्याे


काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको जनाएकाे छ ।

यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ ।

निगमले तय गरेको नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर एक सय ५६  रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर एक सय ३६ रुपैयाँ कायम भएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो ।