काठमाडौं। स्मार्टफोन बजार एक खेल मैदान जस्तै हो, जहाँ ठुला कम्पनीहरु र नयाँ खेलाडीहरु सधैं ग्राहकहरुको ध्यान आकर्षित गर्न कोशिस गर्दछन् । यस्तो बद्लिँदो अवस्थामा, रेड्मी नोट १३ सिरिजले किफायती मुल्यहरूमा उत्कृष्ट सुसविधाहरू प्रदान गरेर आफ्नो स्थान राख्न सफल भएको छ । यस सिरिजले गत वर्ष जस्तै किफायती मुल्यमा अपग्रेड गरिएका बलियो फिचर सहितका स्मार्टफोनहरु प्रदान गर्ने लक्ष्य राखेको छ । तर के यो केवल अर्को किफायती विकल्प मात्रै हो कि यसले केही विशेष पनि प्रदान गर्दछ, शाओमीका स्मार्टफोनले हरेक रेन्जमा केही फरक प्रदान गर्दै आएको छ भने रेड्मी नोट १३ पनि कम छैन ।
भव्य डिस्प्लेः
रेड्मी नोट १३ को ७.९७ एमएम मोटाई र १८८.५ ग्रामको तौलले यसलाई स्लिम र हल्का तौल बनाउन सगाएको छ । यसको मनमोहक ६.६७ इन्च एमोलेड डिस्प्ले, २४०० ह १०८० को रिजोलुसन र स्मुथ १२० हर्जको रिफ्रेस रेटले इमर्सिभ भिजुअलको अनुभवको सुनिश्चित गर्दछ । साथमा रेड्मी नोट १३ आइपी ५४ डस्ट र स्प्ल्याश रेजिस्ट्यान्स सहित उपलब्ध छ ।
शक्तिशाली स्न्यापड्रागन ६८५ः
स्न्यापड्रागन ६८५ चिपसेट सहित रेड्मी नोट १३ ले प्रभावकारी पर्फर्मेन्स सुनिश्चित गर्दछ । एन्ड्रोइड १४ र हाइपर ओएस को सहायताले यो डिभाइस निर्बाध रूपमा चल्दछ । प्रयोगकर्ताहरूका लागि ६ वा ८ जिबी र्याम रोज्न र आफ्नो आवश्यकता अनुसार १२८ वा २५६ जिबी स्टोरेज छनौट गर्ने विकल्प उपलब्ध छन् ।
१०८ मेगापिक्सेल पावरहाउसः
रेड्मी नोट १३ को प्रभावशाली क्यामेरा सेटअपले उत्साहजनक डिटेल प्रदान गर्दछ। रेड्मी नोट १३ मा २०० एमपीको मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छन् । साथमा यसको १६ एमपी सेल्फी क्यामेराले सेल्फीहरुमा छुट्टै चमक ल्याउँनेछ ।
एक्स्ट्रा ब्याकअपः
रेड्मी नोट १३ ले तपाईंको दिनभरको स्र्माटफोन प्रयोग सुनिश्चित गर्न ५००० एमएच ब्याट्री र ३३ वाटको फास्ट चार्जर प्रदान गर्दछ । साथमा यस डिभाइसमा डुअल स्पिकर, डल्बी एटमस र थप सुरक्षाका लागि इन–स्क्रिन फिंगरप्रिन्ट सेन्सर पनि समावेश छ ।
प्रयोग गर्न सजिलोः
एन्ड्रोइड १३ र एमआई युआई १४ मा चल्ने रेड्मी नोट १३ मा प्रयोगकर्ताहरुले आफ्नो आवश्यकता अनुसार साओमी हाईपर ओएस पनि अपग्रेड गर्न सक्छन् । साथै ईन–डिस्प्ले फिङ्गर सेन्सर सहित प्रयोगकर्ताहरुलाई सरल तथा आवश्यकता अनुसारको फिचरहरु प्रदान गर्दछ । डल्बी एटमसले ट्य७त्रगयतसन गर्ने डुवल स्टेरियो स्पिकर, तथा १८०० निटस्को ब्राईटनेसले गर्दा रेड्मी नोट १३ लाई गेमिङ तथा भिडियोको लागि पनि उत्कृष्ट फोन बनेको छ । यो वाहेक रेड्मी नोट १३ लाई धुलो तथा पानी प्रतिरोधात्मक क्षमतामा आईपी ५४ रेटिङ्गे प्राप्त भएको छ। यो हेरेर भन्न सकिन्छ कि रेड्मी नोट १३ को सेक्य७३घढसरिटी उत्कृष्ट छ।
सुपथ मुल्य उत्कृष्ट फिचरः
रेड्मी नोट १३ एक साधरण स्मार्टफोन मात्र नभएर शानदार डिस्प्ले, बलियो पर्फर्मेन्स १०८ एमपीको क्यामेरा भएको उत्कृष्ट फोन हो । यो फोनको ५,००० एमएच ब्याट्री ३३ वाटको फास्ट चार्जरबाट चार्ज गर्दा एकदमै छिटो चार्ज ह७३घढसन्छ । एउटा स्टाइलिस, टिकाउ, र बलियो फोन खरिद गर्न चाहने प्रयोगकर्ताका लागि रेड्मी नोट १३ एक उत्कृष्ट फोन हो । यदि तपाईँ पनि किफायती मुल्यमा उत्कृष्ट ब्राण्डेड फोनको खोजिमा हुनुहुन्छ भने रेड्मी नोट १३ तपाइँको लागि उत्कृष्ट स्मार्टफोन हुनेछ ।
रेड्मी नोट १३ मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन, ओसियन सनसेट र आइस ब्लु कलरहरुमा उपलब्ध छ । यी फोनहरुको मुल्यको कुरा गर्दा ६÷१२८ जिबिको मुल्य रु २४,९९९ छ भने ८÷२५६ जिबिको मुल्य रु २७,९९९ छ । ग्राहक महानुभावहरुलाई प्रोत्साहन गर्नको लागि शाओमीले रेड्मी नोट १३ किन्दा रु.२,९९९ मुल्यको बड्स ४ एक्टीभ मात्र रु. १,६९९ को बन्डल अफरमा पाउन सकिनेछ ।