काठमाडौं। सानिमा बैंक र एनसिएचएलबीच एनपिएस–एनसिएस तथा नेसनल कार्ड स्किम (नेपाल पे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ।
यस औपचारिक कार्यक्रममा उक्त सम्झौतापत्रमा दुवै कम्पनीको उच्च पदाधिकारीको उपस्थितिमा हस्ताक्षर तथा आदानप्रदान भएको छ ।
उक्त सम्झौतापछि एनपिएस–एनसिएसमा बैंकको स्विच इन्टिग्रेसन गरिसकेपछि आफ्नो ग्राहकहरूलाई नेपाल पे कार्ड जारी गर्न तथा नेपाल पेको कारोबार अक्वायर गर्न सक्नेछन्।
एनसिएचएलले हालै नेपाल पे कार्डको व्यवसायिक रोलआउट सुरू गरिसकेको छ र अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपाल पे कार्ड विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने भएको छ।
हालसम्म एनपिएस–एनसिएसमा अन्य ३३ वटा बैंक वित्तीय संस्थाहरू प्रिन्सिपल मेम्बरको रूपमा आवद्ध भइसकेका छन्, जसमध्ये १२ वटा बैंक वित्तीय संस्थाहरूले लाइभ अपरेसन सुरू गरिसकेका छन्।