“चान्स् टु वीन थ्रु क्लिक” अभियानको विजेतालाई टिभीएस स्कुटर


ईकोनोमिक खबर, काठमाडौं।
जगदम्बा मोटर्सले “चान्स टु वीन थ्रु क्लिक” नामक अभियान सार्वजनिक गर्यो। जस अन्तर्गत ग्राहकहरुले “लभ ऐट फस्ट राईड” स्टीकर प्याक डाउनलोड गरेर टिभीएस एनटर्क १२५ सीसीको स्कुटर जित्नुका साथै थुप्रै आकर्षक उपहारहरु प्राप्त गर्ने अवसर सृजना गरेको थिए । जगदम्बाका उत्पादनहरुको कस्टुमाईज स्टीकर प्याक बनाउनका लागि राकुटेन भाइबरसँग सहकार्य गरेको थियो ।

यस अभियानकोे विजेताको नाम घोषणा गरेको छ । यस अभियानकी विजेता पोखराकी लक्ष्मी पोखरेललाई स्कुटर प्रदान गरिएको छ । उनलाई जगदम्बा मोटर्स् प्रा.लि.का भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले स्कुटरको साचो हस्तान्तरण गरेका छन् ।

जगदम्बा मोटर्स् प्रा. लि. का भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले भन्नुभयो, “हाम्रो ब्राण्डसँग सहकार्य गरेर ग्राहकहरुलाई डिजिटल्ली जोड्दै उत्साह र खुसीयाली बाँढ्न मद्दत गरेकोमा हामी भाइवरलाई आभार प्रकट गर्न चाहान्छौँ । हामी देशभरका ग्राहकहरुको उत्साहजनक सहभागीताले अत्यन्तै खुसी छौँ । हाम्रो यस अभियानलाई भव्यताका साथ सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिन चाहान्छौं ।”
टिभीएस स्कुटर तथा मोटरसाइकलहरुको नेपालका लागि एक मात्र आधिकारिक बितरक जगदम्बा मोटसर्् प्रा.लि.रहेको छ।