काठमाडौँ। संघीय संसदअन्तर्गत आज संयुक्त बैठक बस्दैछ । संयुक्त सदनको बैठक दिउँसो ३ बजे शुरु हुनेछ ।
आजको बैठकमा सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ ।
नीति तथा कार्यक्रममाथिको छलफल भने दुवै सदनमा छुट्टाछुट्टै हुनेछ । प्रतिनिधि सभामा जेठको ३, ४, ६, ७, ८ र ९ गते हुनेछ भने राष्ट्रिय सभामा जेठ ३, ४ र ६ गते हुनेछ ।
साँझ साढे ५ बजे राष्ट्रिय सभा र ६ बजे प्रतिनिधि सभाको बैठक पनि बोलाइएको छ ।