
काठमाडौँ। अन्ततः एमसीसीको परियोजना अघि बढेको छ । यसको पहिलो ठेक्का लागेको छ ।
एमसिए–नेपालले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४०० केभी नयाँ बुटवल सबस्टेसन निर्माणका ठेक्का सम्झौता गरेको छ ।
यो सबस्टेशन भारतीय कम्पनी लिङ्कसन इण्डिया प्रालिले बनाउने भएको छ । एमसीए नेपाल र भारतीय कम्पनीबीच विहीबार निर्माण सम्झौता भएको छ।
बिहिबार नवलपरासीमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, अमेरिकी राजदूत डीन आर. थम्पसन, स्थानीय अधिकारीहरू तथा जनप्रतिनिधिहरूको उपस्थितिमा सम्झौता भएको हो।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी राजदूत महामहिम डीन आर. थम्पसनले नेपालको घरेलु उपभोग, विस्तारित व्यापारिक एवम् औद्योगिक संस्थाहरू तथा सीमापार विद्युतीय व्यापारका लागि भरपर्दो विद्युत् उपलब्ध गराइरहेको बताए ।