सिटिजन्स बैंक ईन्टरनेशनलको सञ्चालकमा ईला शर्मा नियुक्त


काठमाडौं । सिटिजन्स बैंक ईन्टरनेशनलको सञ्चालकमा ईला शर्मा नियुक्त भएकी छिन्। 

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले शर्मालाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारी सेवा तथा कानुनमा विशेष अनुभव सँगालेकी शर्मा पूर्व निर्वाचन आयुक्त हुन् । उनीसँग अन्तर्राष्ट्रिय व्यापार, कानून, जनसम्पर्क, शिक्षा र विकास लगायत क्षेत्रमा साढे तिन दशक काम गरेको अनुभव रहेको छ।

निर्वाचन सम्बन्धी कानुन, नियमावली र निर्देशनमा संलग्न उनी उच्चस्तरीय कानूनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्ष समेत भइन्। उनले काठमाडौं विश्वविद्यालय लगायत विदेशी विश्व विद्यालयको पाठ्यक्रम विकास र अध्यापनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन्।

उद्योग तथा वाणिज्य मन्त्रालय र यूएनडीपी परियोजनाका लागि राष्ट्रिय परामर्शदाताको रूपमा काम गरेकी शर्मासँग विभिन्न आईएनजीओमा समेत संलग्न छिन्।