नास्ट र कोरिया सरकारको सहकार्यमा सूचना पहुँच केन्द्र स्थापना


नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले कोरिया गणतन्त्र सरकार समक्ष आधिकारिक विकास सहायता (Official Development Assistance–ODA) अन्तर्गत पेश गरिएको प्रस्तावको आधारमा कोरियाको राष्ट्रिय सूचना समाज एजेन्सी (National Information Society Agency–NIA) को प्राविधिक सहयोगमा सूचना पंहुच केन्द्र (Information Access Center–IAC) को स्थापना गरिएको थियो । सन् २०२० डिसेम्वर ११ मा द्धिपक्षिय सम्झौतापत्र (MoU) मा हस्ताक्षर गरी औपचारिक प्रक्रिया सुरु गरिएको थियो भने यस केन्द्रको औपचारिक उद्घाटन सन् २०२१ नोभेम्वर ११ मा सफलतापूर्वक सम्पन्न भएको थियो । दुई देश विचको सहकार्यको मख्य उदेश्य नेपालमा भएको डिजिटल विभाजन (Digital Divide) घटाउन योगदान पुर्याउनुका अतिरिक्त सूचना प्रविधि (IT) क्षेत्रको समग्र विकासमा सहयोग पुर्र्याउनु रहेको छ ।

सुचना पहुच केन्द्र (Information Access Center–IAC) लाई दुई भागमा विभाजन गरिएको छ पहिलो नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा रहेको भौतिक पुुर्वाधार जहा सूचना प्रविधिका ल्यावहरु निर्माण गरिदिएका छन भने अर्को घुम्ति सुचना पहुच केन्द्र जसलाई मोवाइल IAC (बस) पनि भन्ने गरिन्छ ।
प्रतिष्ठानमा रहेका सुचना प्रविधि ल्यावमा विद्यालयम तथा विश्वविद्यालयका शिक्षक, विद्यार्थी, विभिन्न अध्ययन तथा अनुसन्धान गर्ने केन्द्रका अनुसन्धान कर्ता, कर्मचारी, सरकारी निकायका कर्मचारीहरुलाई आवश्यकता अनुसारका विभिन्न तालिमहरु प्रदान गर्ने गरिन्छ । यसै गरी घुम्ति सूचना पहुच केन्द्र (बस) मार्फत देशका सातै प्रदेशका विभिन्न स्थानहरुमा रहेका विद्यालय, विश्वविद्यालय, सरकारी निकायका पदाधिकारीहरु लगायत सुरक्षा निकायका कर्मचारीहरुलाई तालिम प्रदान गरिदै आएको छ । सन् २०२२ देखि हाल सम्म प्रतिष्ठानमा रहेको सुचना प्रविधि ल्याव र मोवाईल आइ ए सी मार्फत झण्डै १२ हजार भन्दा वढिलाई निःशुल्क सूचना प्रविधि (IT) सम्वन्धी विभिन्न तालिमहरु प्रदान गर्दै आई रहेको छ । यो एक किसिमको नया अवधारण पनि भएको हुदा यसले व्यापक आकर्षक र प्रशंंसा प्राप्त गरेको छ । यहि सार्वजनिक मागलाई ध्यानमा राख्दै कार्यक्रमहरुलाई व्यापकता प्रदान गरिएको छ ।
यसका साथै कोरियन सरकारवाट दृष्टिविहिनहरुका लागि जिवन यापनमा सहजता ल्याउने उदेश्यका साथ विभिन्न आधुनिक उपकरणहरु समेत उपलव्ध गराएका छन । सुचना पहुच केन्द्र मार्फत समय समयमा यस्ता दृष्टिविहिनहरुका लागि पनि प्रज्ञा प्रतिष्ठानका अलावा देशका अन्य स्थानहरुमा समेत दृष्टिविहनहरुलाई लक्षित गरी तालिम कार्यक्रमहरु आयोजना गर्दै आएका छौ । श्रोत साधनहरुको सिमितताका बावजुद पनि कार्यक्रमलाई निरन्तरताका साथ अगाडी बढाउदै जादा उनिहरुवाट यस्ता किसिमका कार्यक्रमहरुलाई देश भरी नै विस्तार गरी सवैलाई समेट्नु पर्ने भन्ने आवाजहरु आउन थालेका छन ।

हालै मात्र कोरियाको राष्ट्रिय सूचना समाज एजेन्सी (National Information Society Agency–NIA)वाट ४५ वटा देशका ६० वटा यस्ता केन्द्रवाट भए गरेका कार्यक्रमहरुलाई हाइलाइट गरी ३ देखि ५ मिनेट सम्मको भिडियो जसमा Success Story, मनछुने कथा व्यथा समेटिनुका साथै अधिकतम उपयोग सहितको भिडियो प्रतियोगिता आयोजना गरिएको थियो त्यसमा विभिन्न देशहरुवाट ३० वटा भिडियोहरु प्रस्तुत गरिएकोमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान तृतिय स्थान हासिल गर्न सफल भयो । अन्य विकसित देशहरुको तुलनामा उच्च स्तरका प्राविधिक उपकरणहरुको अभाव साथै उच्च प्राविधिक जनशक्तिको अभाव हुदा हुदै पनि तृतिय स्थान हासिल हुनु प्रज्ञा प्रतिष्ठानको मात्र नभइ देशकै गौरवको कुरा हो ।