गौरीबहादुर कार्की नेतृत्वको आयोगद्वारा पूर्व गृहमन्त्री लेखकलाई बयानका लागि पत्र


काठमाडौं। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ।

आयोगले मंगलबार लेखकको नाममा पत्र काट्दै सात दिनभित्र आयोगसमक्ष उपस्थित भई बयान दिन निर्देशन दिएको हो।

आयोगका अनुसार अनुसन्धानको क्रममा आवश्यक देखिएकाले लेखकलाई बयानका लागि बोलाइएको हो। यसैबीच, आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत बयानका लागि बोलाउने तयारी गरेको जनाएको छ।

घटनासँग सम्बन्धित विभिन्न पक्षको अध्ययन तथा अनुसन्धान अघि बढाइरहेको आयोगले आवश्यक परे अन्य उच्च पदस्थ व्यक्तिलाई पनि बयानका लागि बोलाउन सक्ने संकेत गरेको छ।