कोरियाबाट फर्किएका कामदारलाई उद्योग–व्यवसायमा जोड्ने पुनःएकीकरण कार्यक्रम सम्पन्न


काठमाडौं। कोरियामा कार्यकाल पूरा गरी स्वदेश फर्किएर उद्योग–व्यवसाय सञ्चालन गरिरहेका तथा त्यसमा संलग्न हुन इच्छुक व्यक्तिहरूलाई पुनः एकीकरण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ।

पाैष ०५ गते शनिबार, KOICA नेपालK_HaMi Project को प्रायोजन तथा संगी नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा कोरियाबाट फर्किएका पूर्वकामदारहरूबीच आपसी सहकार्य, अनुभव आदान–प्रदान र उद्योग–व्यवसायमा जोडिने अवसरबारे छलफल गरिएको थियो।

आयोजकका अनुसार स्वदेशमै रोजगारी र आत्मनिर्भरता प्रवर्द्धन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सहभागी अतिथि तथा वक्ताहरूले वैदेशिक रोजगारपछि स्वदेश फर्केर उद्यमशीलता विकास गर्नु आजको आवश्यकता भएको धारणा व्यक्त गरे।

कार्यक्रमलाई सफल र सभ्य बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण अतिथिगण, उपस्थित महानुभावहरू तथा संगी नेपाल परिवारप्रति आयोजकले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।