मोरङ। मोरङ जिल्लाको वेतन सिमसारमा नेपाल डेरी एसोसिएसन कोशी प्रदेशको सातौँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। करिब १०० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा दुग्ध क्षेत्रसँग आबद्ध उद्यमी, प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल डेरी एसोसिएसनका महासचिव हेमचन्द्र खनाल रहनु भएको थियो। विशिष्ट अतिथिका रूपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख पुष्पराज राईको उपस्थिति रहेको थियो। नेपाल डेरी एसोसिएसन केन्द्रको तर्फबाट मनोज यादव र योगेन्द्र चिमरियाले सहभागिता जनाउनु भएको थियो। कार्यक्रम सञ्चालन कोशी प्रदेशका उपाध्यक्ष गुरु प्रसाद दाहालले गर्नु भएको थियो।
साधारण सभामा विभिन्न क्षेत्रबाट सम्मान प्रदान गरिएको थियो।
- चिज विधातर्फ तुलु थिङ्गकामी तामाङ (लक्की डेरी उद्योग),
- महिला उद्यमी तर्फ डम्बर कुमारी गौतम (जलथल डेरी उद्योग),
- छुर्पी उत्पादनतर्फ सुजन श्रेष्ठ (सेविका डेरी उद्योग ) सम्मानित हुनु भएको छ, प्रदेश अध्यक्ष गंगा खड्काले जानकारी गराए ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउनु हुने नेपाल डेरी एसोसिएसनका प्रदेश समिति, जिल्ला समिति तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा साथ दिनु हुने सम्पूर्ण साथीहरूप्रति आयोजकको तर्फबाट प्रदेश अध्यक्ष गंगा खड्काले उपस्थित सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए।
प्रमुख अतिथि नेपाल डेरी एसोसिएसनका केन्द्रिय महासचिव हेमचन्द्र खनालले साधारण सभाले कोशी प्रदेशको दुग्ध क्षेत्रको सुदृढीकरण र सहकार्यलाई थप बल पुग्ने विश्वास लिइएको कुरा ब्यक्त गर्नुभयो।

