शेयर लगानीकर्तामा शेयर सम्बन्धि ज्ञानको कमीले बजार उतारचढाव


ईकोनोमिक खबर, काठमाडौँ 

संस्थागत लगानीकर्ताको न्यूनता, वित्त बजारमा तरलताको अभावसँगै बढ्दो ब्याजदर र शेयर निष्काशन तथा आपूर्तिमा भएको बृद्धिले अहिले शेयर मूल्य प्रभावित भएको एक कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले बताए।

शेयर बजार खस्किनुमा कसैको वक्तब्य, भनाई तथा विचारमा अन्तरसम्बन्धित नहुने बताए। अर्थमन्त्री खतिवडाले शेयर बजार उतारचढाव हुनुमा कारोबारको यथार्थ सूचना सम्प्रेषणको अभाव, पारदर्शिताको कमी भएको बताए। ‘पूँजी बजार कारोबारमा साना लगानीकर्ताहरुमा शेयर लगानी सम्बन्धी ज्ञानको कमीले पनि प्रभाव पर्ने बताए अहिले बजारमा अस्वस्थ प्रतिस्पर्धाले गर्दापनि शेयर मूल्य मापन गर्ने नेप्से सूचकांकमा उच्चदरको उतारचढाव आउने गरेको छ,’ उनले बताए।

शेयर लगानिमा राज्यको विभिन्न आयोजनामा जनतालाई समावेश गरी उन्नति तर्फ अघि बढाउदै लैजाने अर्थमन्त्री युवराज खतिवडाले बताए ।