तेश्रो ज्ञान संस्कार अन्तरविद्यालय राष्ट्रिय स्केट प्रतियोगिता शनिबार देखि शुरूवात


ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजना तथा नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको समवन्यमा तेश्रो ज्ञान संस्कार अन्तरविद्यालय राष्ट्रिय स्केट प्रतियोगिता शनिबार हुने भएको छ ।
प्रतियोगितामा देशभरका विभिन्न विद्यालयबाट करिब ३ सय खेलाडीको सहभागिता रहने ज्ञान संस्कारकी प्रधानाध्यापक निलम बानिया बडूले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् ।
प्रधानाध्यापक बडूले स्केटिङ खेल पर्यावरणमैत्री खेल भएको बताउँदै यसलाई वातावरण अनुकूल बनाएर भविष्यमा सामान्य यातायातको वैकल्पिक साधनका रूपमा समेत प्रयोग गर्न सकिने धारणा व्यक्त गरिन् । उनले स्केटिङले शारीरिक स्वास्थ्य, अनुशासन र आत्मविश्वास विकासका साथै वातावरण संरक्षणमा समेत सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरिन् ।
प्रतियोगितामा छात्र÷छात्रातर्फ समान ६–६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुने नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका महासचिव सत्य थापाले जानकारी दिए । छात्र÷छात्रातर्फ ६ वर्षमुनि, ६–८, ८–१०, १०–१२, १२–१४ र १४–१६ वर्ष उमेरसमूहमा प्रतिस्पर्धा हुनेछ ।
यसै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर दिइने बताइएको छ । एकदिने प्रतियोगिताका खेलहरु सामाखुशीस्थित आयोजक ज्ञान संस्कारकै हातामा हुनेछ ।