नेपाल सोशल बिजनेसद्वारा महिलाले नेतृत्व गरेका तीन उद्यममा लगानी सहयोग ,


काठमाडौं। नेपाल सोशल बिजनेसले महिलाले नेतृत्व गरेका तीन उद्यम: कोडाली भेन्चर, किनोभेसन (Kinnovation) र नमुना एग्रो—मा लगानी सम्पन्न गरेको छ।

उक्त अवसरमा आयोजित कार्यक्रममा सिजी ग्रुपका कार्यकारी निर्देशक निर्वाण चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले महिलाको नेतृत्वमा रहेका उद्यमहरू आर्थिक समावेशिता, रोजगारी सिर्जना तथा दिगो विकासका लागि महत्वपूर्ण आधार भएको उल्लेख गरे। उनले सामाजिक प्रभाव र व्यावसायिक दिगोपनालाई सँगसँगै अघि बढाउने नेपाल सोशल बिजनेसको प्रयास प्रशंसनीय रहेको बताए।

नेपाल सोशल बिजनेसका अनुसार यी लगानीहरू प्रभावमुखी र वित्तीय रूपमा दिगो सामाजिक उद्यम प्रवर्द्धन गर्ने संस्थाको दीर्घकालीन रणनीतिअनुसार गरिएको हो। संस्थाले विगत एक दशकदेखि सामाजिक परिवर्तन र आर्थिक दिगोपनालाई एकसाथ जोड्दै सामाजिक उद्यमहरूमा लगानी गर्दै आएको जनाएको छ।

लगानी प्राप्त उद्यमहरूमध्ये कोडाली भेन्चर, किनोभेसन र नमुना एग्रोले आ–आफ्नो क्षेत्रमार्फत महिला सशक्तीकरण, नवप्रवर्तन प्रवर्द्धन र कृषि मूल्य शृंखला सुदृढीकरणमा योगदान पुर्‍याउँदै आएका छन्। यी उद्यममार्फत स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै समुदायको आर्थिक अवस्थामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

“नेपाल सोशल बिजनेसले महिलाले नेतृत्व गरेका तीन सामाजिक उद्यम-“कोडाली भेन्चर, किनोभेसन (Kinnovation) र नमुना एग्रो”मा लगानी अन्तिम रूप दिएको छ।”

संस्थाका अनुसार यी लगानीहरू महिलाको नेतृत्वमा उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ केन्द्रित छन्।

कोडाली भेन्चरले समुदायमा आधारित नवीन व्यवसायिक मोडलमार्फत सामाजिक प्रभाव सिर्जना गर्दै आएको छ भने किनोभेसनले नवप्रवर्तन र प्रविधिमार्फत दिगो समाधान प्रदान गर्ने लक्ष्य लिएको छ।

यस्तै, नमुना एग्रोले कृषि क्षेत्रमार्फत किसानको आयस्तर अभिवृद्धि र मूल्य शृंखला सुदृढीकरणमा योगदान पुर्‍याइरहेको छ।

यसलाई संस्थाले प्रभावमुखी तथा वित्तीय रूपमा दिगो सामाजिक उद्यम प्रवर्द्धन गर्ने आफ्नो दीर्घकालीन यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

नेपाल सोशल बिजनेसले आगामी दिनमा पनि महिलाले नेतृत्व गरेका तथा सामाजिक प्रभाव सिर्जना गर्ने उद्यमहरूमा लगानीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।