काठमाडौं। माउन्टेन इनर्जी नेपाल लिमिटेडको १२औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ। सभाको अध्यक्षता कम्पनीका अध्यक्ष प्रदीप जंग पाण्डेले गरेका थिए।
सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ। स्वीकृत लाभांशमा २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश समावेश रहेको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा सो अवधिसम्मको लेखापरीक्षण गरिएको वित्तीय विवरण (ब्यालेन्स सिट, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण) पनि पारित गरेको छ।
साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने निर्णय गर्दै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गरिएको छ।
हाल माउन्टेन इनर्जी नेपाल लिमिटेडले ४२ मेगावाट क्षमताको मिस्त्री खोला र ५ मेगावाट क्षमताको तादी खोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरिरहेको छ।
त्यस्तै, ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेको कम्पनीले जनाएको छ।