काठमाडौँ, बैंकिङ कसुर मुद्दामा अदालतबाट ३६ लाख रुपैयाँ जरिवाना र पाँच दिन कैद सजाय पाएका एक जना व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्ने व्यक्ति काठमाडौँ महानगरपालिका–११ भोटेबहालमा बस्ने ४१ वर्षीय मनोहरलाल श्रेष्ठ हुन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनी अदालतको फैसलापछि फरार रहेका थिए।
जिल्ला अदालत काठमाडौँले २०८१ असार २३ गते उक्त सजाय सुनाएको थियो। प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू क्षेत्रबाट पक्राउ गरेको हो।
पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँमा पेस गरिएको प्रहरीले जनाएको छ।