सिङ्गापुरमा नेपाली स्वादको पहिचान बनाउँदै भिम गुरुङको सिङ्गापुर क्याफे, पहिलोपटक थकाली खाना र ढिडोको सुरुवात


सिङ्गापुर। सिङ्गापुरमा नेपाली समुदाय मात्र होइन, विभिन्न मुलुकका खानाप्रेमीहरूका बीच ‘Singapore Cafe’ नेपाली स्वादको प्रमुख र विश्वसनीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। जोओ सेन रोडस्थित गोर्खा क्याम्प नजिकै रहेको यो क्याफेले नेपालकै घरायसी स्वाद र आत्मीय वातावरण प्रदान गर्दै आएको छ।

नेवारी, थकाली, नेपाली, चिनियाँ, इण्डियन तथा पञ्जाबी परिकारहरू एकै स्थानमा उपलब्ध गराउँदै आएको Singapore Cafe ले सिङ्गापुरमै पहिलोपटक ढिडो र थकाली खाना नियमित रूपमा उपलब्ध गराएर विशेष पहिचान बनाएको छ। ढिडो सेट, थकाली खाना, सेकुवा, मःमः, पानीपुरी, दहीपुरीदेखि फिस एण्ड चिप्ससम्मका परिकारहरू स्वच्छता, स्वाद र गुणस्तरमा कुनै सम्झौता नगरी परोसिँदै आएका छन्।

क्याफेका संचालक भिमबहादुर गुरुङ सन् २००७ देखि निरन्तर रूपमा सिङ्गापुरमा रेस्टुरेन्ट व्यवसायमा सक्रिय रहँदै आएका छन्। उनी केवल सफल रेस्टुरेन्ट व्यवसायी मात्र होइन, अनुभवी सेफसमेत हुन्। क्याफेको भान्सामा उनी स्वयं संलग्न भएर नेपाली स्वादलाई जीवन्त बनाइरहेका छन्, जसले ग्राहकहरूमा थप विश्वास र आकर्षण बढाएको छ।

गुरुङ सिङ्गापुरस्थित नेपाली समुदायमा मात्र होइन, विश्वभर रहेका नेपालीहरूबीच चिरपरिचित एनआरएनए अभियन्ता, समाजसेवी तथा सफल व्यवसायीका रूपमा परिचित छन्। विश्वका विभिन्न मुलुकबाट सिङ्गापुर आउने अधिकांश नेपाली पाहुनाहरू उनीसँग भेटघाट गर्ने गर्छन्। उनलाई भेट्ने धेरैले “अत्यन्तै भलाद्मी, सहयोगी र नेपालीपन बोकेको अनुहार” भन्दै उच्च सम्मान व्यक्त गर्ने गरेका छन्।

दस जनादेखि चारसय जनासम्मका समूहका लागि ग्रुप अर्डर व्यवस्थापन गर्न सक्ने क्षमताले Singapore Cafe लाई सिङ्गापुरमा नेपाली कार्यक्रम, पारिवारिक जमघट र सामूहिक भोजको पहिलो रोजाइ बनाएको छ।

सिङ्गापुरमा घरदेशको स्वाद, आत्मीयता र नेपाली संस्कृतिको अनुभूति खोज्ने नेपाली, विदेशी मित्र तथा पाहुनाहरूका लागि Singapore Cafe आज विश्वास, स्वाद र अपनत्वले भरिएको नेपाली पहिचानको केन्द्र बनेर उभिएको छ।