सिटिजन लाइफले बोलायो साधारणसभा


काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १८ गते शुक्रबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे ९ बजे नवौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको जनाएको हो ।

साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी ५ अर्ब रुपैयाँको २० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ।