उच्च अदालत पाटनको फैसला बाट सफाई कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध संचालकको नियुक्ति सदर


काठमाडौं। उच्च अदालत पाटनको फैसला भए बमोजिम कम्पनीको संचालक समितिको मिति २०८१।१।१६ गतेको बैठकबाट बिष्णु प्रसाद पोखरेललाई मिति २०८०।१०।१८ गते प्रबन्ध संचालकको पदमा गरिएको नियुक्तिलाई निरन्तरता दिने निर्णय गरेको हो!

कृषि सामग्री कम्पनी लिमिटेडमा रिक्त रहेको प्रबन्ध संचालक नियुक्तिको लागि गठित सिफारिस समितिको सिफारिसमा कम्पनीको संचालक समितिको मिति २०८०।१०।१८ गतेको निर्णयानुसार श्री बिष्णु प्रसाद पोखरेललाई प्रबन्ध संचालकको पदमा नियुक्त गरिएकोमा सो को विरुद्ध रामचन्द्र ढकालले सम्मानित उच्च अदालत पाटनमा उत्प्रेषणयुक्त परमादेश मुद्दा दायर गरेकोमा सम्मानित उच्च अदालत पाटनको मिति २०८०।११।०६ गतेको उक्त नियुक्तिको कार्यलाई रोकी यथास्थितिमा राख्ने आदेश भए बमोजिम कम्पनीको संचालक समितिको मिति २०८०।११।०९ गतेको निर्णयानुसार उक्त नियुक्तिको कार्यलाई यथास्थितिमा राखि  बिष्णु प्रसाद पोखरेललाई नियुक्ति पूर्वकै पूर्ववत् जिम्मेवारी दिईएकोमा सो निर्णय उपर पनि रामचन्द्र ढकालले अदालतको अबहेलना मुद्दा दायर गरेकोमा सम्मानित उच्च अदालत पाटनको मिति २०८१।०१।१२ गते उत्प्रेषणयुक्त परमादेश मुद्दामा रिट निवेदन खारेज हुने आदेश गरेको र अदालतको अबहेलना मुद्दामा निवेदन माग  अनुसार विपक्षीहरुलाई अबहेलनामा सजाय गरी पाउ भन्ने दावी पुग्न सक्दैन भन्ने फैसला भए बमोजिम कम्पनीको संचालक समितिको मिति २०८१।१।१६ गतेको बैठकबाट बिष्णु प्रसाद पोखरेललाई मिति २०८०।१०।१८ गते प्रबन्ध संचालकको पदमा गरिएको नियुक्तिलाई निरन्तरता दिने निर्णय गरेको हो!