काठमाडौं। आज आइतबारदेखि ‘तेस्रो इमर्जिङ नेपाल लगानी सम्मेलन २०२४’ शरु हुँदैछ।
यसअघिका दुईवटा सम्मेलनको निरन्तरताकै रूपमा आयोजना गर्न लागिएको तेस्रो लगानी सम्मेलन होटेल सोल्टी काठमाडौँमा आयोजना हुँदैछ।
आइतबार बिहान औपचारिक उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेपछि शरु हुने सम्मेलन सोमबार बेलुकासम्म सञ्चालन हुनेछ। उद्घाटन सत्रमा प्रधानमन्त्री सहित २३ जनाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सम्मेलनको दुई दिनको अवधिभर नेपालले लगानी भित्र्याउन चाहेका परियोजनाका विषयमा विदेशी र स्वदेशी लगानीकर्तालाई जानकारी गराउने कार्यक्रम राखिएको छ। १ सय ५० ओटा सोकेसका रूपमा रहने त्यस्ता परियोजनाको प्रदर्शनीबाहेक सम्मेलनभर विभिन्न १० वटा विषयगत छलफल सत्र संचालन हुनेछ। नेपालमा लगानीको सम्भावना, विदेशी लगानीकर्ताको अनुभव र सार्वजनिक निजी साझेदारीका विषयमा समेत छुट्टै बृहत् छलफलको कार्यक्रम राखिएको छ ।
त्यस्तै तोकिएका निश्चित लगानीकर्ताको समूहलाई सोझै प्रधानमन्त्रीलाई भेट्न सक्ने र आफ्ना योजना सार्वजनिक गर्न सक्ने कार्यक्रम पनि सोही क्रममा राखिएको छ । यसबाहेक चौबिस ओटा जति बि टु बी ९व्यवसायी र व्यवसायीबिच सोझै हुने छलफल० पनि सो क्रममा हुनेछ।
सम्मेलनकै क्रममा लगानी टुङ्गिएका परियोजनामा सम्झौतासमेत हुनेछ । सम्मेलन अवधिभर भएका सम्झौता र उपलब्धिको विवरण सार्वजनिक गर्दै सोमबार समापन गर्ने कार्यक्रम राखिएको छ।
सम्मेलनको सचिवालयका रूपमा काम गरिरहेको लगानी बोर्डको कार्यालयका प्रवक्ता प्रद्युम्न उपाध्यायका अनुसार सम्मेलनका लागि तय गरिएका विषयगत सत्र र छलफल सत्रका लागि ५० जनाभन्दा बढी वक्ता टुङ्गो लागेका छन् । सम्मेलनमा सहभागिताका लागि कार्यालयका तर्फबाट दुई हजार चार सय जनाभन्दा बढीलाई निम्तो पठाइएकोमा एक हजार सात सय जनाभन्दा बढीले सहभागिता जनाउने सुनिश्चित भइसकेको उहाँले बताउनुभयो ।
सम्मेलनमा चीनको धेरै सहभागी २६५ जना,
तस्रो सम्मेलनका लागि ५५ भन्दा बढी देशका लगानीकर्ता, दातृ निकाय, कूटनीतिक नियोगका प्रतिनिधि आउने सुनिश्चित भएको छ । जसमध्ये सबैभन्दा धेरै चीनबाट २६५ जनाको सहभागीतम हुने टुङ्गो लागिसकेको बोर्डका प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो।
अन्य देशका सहभागी क्रमशः भारतबाट १४३ जना, संयुक्त राज्य अमेरिकाबाट ३३ जना, जापानबाट २८ जना, बेलायतबाट १४ जना र बङ्गलादेश बाट १३ तथा संयुक्त अरब इमिरेट्सबाट १३ जनाले सहभागिता जनाउने छन् । १२ जनाभन्दा कम सहभागी हुने देशहरूमा जर्मनी, दक्षिण कोरियो, अस्टे«लिया, मलेसिया, पाकिस्तान, सिङ्गापुर, कतार र घाना लगायतका देशहरु रहेका छन्।
यसबाहेक सम्मेलनमा निम्न सहभागीताका रहेका देश साउदी अरब, फ्रान्स, बहराइन, स्विट्जरल्यान्ड, फिनल्यान्ड, रसिया, अस्ट्रिया, श्रीलङ्का, कोलम्बिया, फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमबाट पनि लगानीकर्ता सम्मेलनमा सहभागी हुनेछन् ।
एक एक जना लगानीकर्ता आउने सुनिश्चित भएको देश
इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड्स, पोल्यान्ड, इन्डोनेसिया, ताजिकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको, साइप्रस, आयरलाइन्ड, स्लोभेनिया, भियतनाम, बोस्निया एन्ड हर्जगोभिना, इरिटे«अ, मोरक्को, टर्की, भानुआतु, मौरिटानिया र हङकङबाट पनि एक एक जना लगानीकर्ता आउने सुनिश्चित भएको बोर्डले जनाएको छ ।
नेपालको २१ ओटा लगानीमा बढि आशा
यस सम्मेलनका लागि लगानी बोर्डले एब सय पचास ओटा परियोजना सोकेसमा राखेको छ। जसमध्ये जलविद्युत्, पर्यटन, उत्पादन, सूचना प्रविधिसँग सम्बन्धित परियोजना सबैभन्दा धेरै रहेका छन् । सोकेसमा राखिएका परियोजनामध्ये २१ वटामा यथार्थमै लगानी भित्रिन सक्ने सरकारको अपेक्षा छ।
आशयपत्र माग गरिएका विभिन्न २१ वटा परियोजनामा लगानी भित्रिने अपेक्षा गरिएको बोर्डका प्रवक्ता उपाध्यायले बताए। “यस्ता परियोजनाले लगानीपूर्वका सबै प्रक्रिया पूरा गरिसकेको हुनाले लगानीकर्ताको बढी आकर्षण हुनेछ भन्ने विश्वास छ” उहाँले भन्नुभयो।
चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन दु्रतमार्ग (१ घण्टाको समयमा चितवन)
बोर्डका अनुसार संभावित परियोजनाहरु मध्ये पोखरा अन्तर्राष्ट्रिय सभा केन्द्र, दैजी औद्योगिक क्षेत्र, बबरमहलमा प्रशासनिक प्लाजा निर्माण, उच्चस्तरीय रिसोर्ट, महादेव खोला जलाशय निर्माण, १० मेगावाटको कर्णाली चिसापानी वायु ऊर्जा, परियोजना, चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन दु्रतमार्ग, धुलिखेल मेडिसिटी परियोजना, सुदूरपश्चिम सार्वजनिक यातायात परियोजना लगायतका परियोजनाका लागि आशयपत्र माग गरिएको छ।
सम्मेलनमा निजी क्षेत्रबाट पनि ३६ ओटा भन्दा बढि परियोजना सोकेसका लागि प्रस्तुत गरिएका छन् । यसबाहेक परियोजना विकास सम्झौता भएका, स्थानीयस्तरबाट प्रस्तावित, परिकल्पनाकै चरणमा रहेका परियोजना पनि सम्मेलनमा सोकेसका रूपमा प्रस्तुत हुँदैछन् ।