२१औं वर्षमा सानिमा बैंक लिमिटेड, आफ्ना ग्राहकहरूलाई निरन्तर सेवा र प्रतिबद्धताका साथ सबल अनि विश्वासिलो बैंक बन्न सफल


सानिमा बैंक लिमिटेडले २०८२ साल मंसिर २१ गते आफ्नो स्थापनाको २१औं वर्ष पूरा गरेको छ ।

बैंकले दुई दशक भन्दा बढी समयदेखि आफ्ना ग्राहकहरूलाई निरन्तर सेवा र प्रतिबद्धताका साथ सबल अनि विश्वासिलो बैंक बन्न सकेको उपलक्ष्यमा २१औं वार्षिकोत्सव मनाएको छ ।
यसै अवसरमा बैंकले आफ्ना ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई बैंकिङ्ग यात्राभर निरन्तर सहयोग प्रदान गर्नु भएकोमा हार्दिक कृतज्ञता व्यक्त गरेको छ । बैंकको प्राङ्गणमा आयोजित एक कार्यक्रममा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले बैंक २१ वर्ष पूरा भएकोमा बैंकका कर्मचारी, ग्राहक तथा सरोकारवालाहरुलाई बधाई ज्ञापन गर्दै सबै कर्मचारीहरुलाई संगै अघि बढेर बैंकको लक्ष्य प्राप्तगर्न सामूहिक प्रयासकालागि प्रोत्साहन गर्नुभयो ।

सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।