May 14, 2025

आज नागढुङ्गा–सिस्नेखोला मुख्य सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ।


काठमाडौं। आज नागढुङ्गा–सिस्नेखोला मुख्य सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ। २ हजार ६ सय ६८८ मिटर लामो मुख्य सुरुङ सोमबार सफलतापूर्वक तोडिएको थियो।

सुरुङमार्ग पूर्णरूपमा सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने आयोजनाका प्रमुख नविनमानले बताए । विभित्र अवस्थाहरु कोभिड–१९ को महामारी र निर्माणको प्रारम्भिक चरणमा लगातार स्थानीय अवरोधका कारण आयोजना समय भन्दा एक बर्ष ढिलाई भएको थियो।

सुरुङले अहिले ‘ब्रेक थ्रु’ अवस्थामा पुगेको छ। अब काम लाइनिङ, उपकरण जडान, फिनिसिङ  लगायतका काम बाँकी रहेको आयोजना प्रमुखले बताए । यी कामहरू पूरा भएपछि सुरुङबाट गाडी आउन अझै एक वर्ष लाग्नेछ। 
यसअघि, अगस्ट ६, २०२३ मा, परियोजनाको आपतकालीन (उद्धार) सुरुङले सफलता हासिल गरेको थियो।

मुआब्जा, खानेपानी र सिँचाइको माग गर्दै गत फागुन १८ गते धादिङका स्थानीयले आयोजना अवरुद्ध गरेका थिए । एक महिनाको अन्तरालपछि चैत ११ गतेदेखि निर्माण कार्य सुचारु भएको थियो ।

आयोजनाको ४२ महिना पूरा हुने समयसीमा पूरा गर्न जापानी ठेकेदार हाजामा एन्डो जेभीले नोभेम्बर १२, २०१९ मा निर्माण सुरु गरेको थियो। अहिलेसम्म ५४ महिनामा चलिरहेको र ०८२ बैशाखमा सम्पन्न गर्ने लक्ष्य जापानी कम्पनी   हाज्माका प्रमुखले बताएको छ।