एघार जना वैज्ञानिक/कर्मचारी सम्पर्कविहीन


Nepal Agricultural Research Council (नार्क) मा अध्ययन विदाका लागि गएका ११ जना कर्मचारी/वैज्ञानिक अध्ययनपछि सम्पर्कविहीन भएका छन्।

तीमध्ये ६ जना वैज्ञानिक र ५ जना अन्य कर्मचारी रहेको जनाइएको छ।

वैज्ञानिकहरू: अच्युत मिश्र, नविन कुमार दंगाल, होमन रेग्मी, संजिव गौतम, देवराज चालिसे, प्रतिष्ठा अधिकारी

अन्य कर्मचारी: डा. सुमन कार्की, उज्ज्वल सुवेदी, अतित पराजुली, अस्मिता श्रेष्ठ, दिनेश बाबु थापामगर

परिषद्ले उनीहरुलाई सार्वजनिक सूचना जारी गर्दै, ‘७ दिनभित्र स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुन’ आग्रह गरेको छ।

यदि ७ दिनभित्र कार्यालयमा नआए उनीहरुको हाजिरी नलिई “सेवाबाट हटाउने” प्रक्रिया अघि बढाउने तयारी भैरहेको छ।