जनसेवी लघुवित्त वित्तीय संस्थाको आईपिओ जेठ ६ गते सोमबार बाँडफाँड हुने


ईकोनोमिक खबर, काठमाडौं।

जनसेवी लघुवित्त वित्तीय संस्थाको आईपिओ जेठ ६ गते सोमबार बाँडफाँड हुने शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ। कम्पनीले बैशाख २७ देखि ३१ गतेसम्म सर्वसाधारणमा ४ लाख ३२ हजार ९९० कित्ता आईपिओ निष्काशन गरेको थियो।

सो आईपिओमा १४।२८ गुणा बढी आवेदन परेको छ। बिक्री प्रबन्धकका अनुसार ३ लाख ३८ हजार आवेदकबाट लघुवित्तको आईपिओमा ६१ लाख ८१ हजार कित्ता शेयर माग भएको छ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम लघुवित्तको आईपिओ ४३ हजार २९९ जना आवेदकले मात्र आईपिओ पाउनेछन्। यो संख्या आईपिओमा आवेदन गरेका करिब १३ प्रतिशत मात्र हो। आईपिओमा आवेदन गरेका बाँकी ८७ प्रतिशत आवेदकको हात रित्तो हुने देखिन्छ।
लघुवित्त कम्पनीहरुको आईपिओ नपरेर निराश बनिरहेका लगानीकर्ताहरुलाई जेठ १३ गतेदेखि अर्को लघुवित्तको शेयरमा आवेदन गर्ने अवसर खुला हुने भएको छ। निकै थोरै संख्यामा निष्काशन हुने आईपिओ नपरिरहेको बेला एक लघुवित्तले पौने ७ करोडको आईपिओ जारी गर्न लागेको हो।
जेठ १३ गतेदेखि इन्फिनिटी लघुवित्तको शेयर आउदै
अहिले निष्काशन हुने गरेका लघुवित्त कम्पनीहरुको थोरै पूँजी हुने गरेकाले निष्काशित आईपिओ दश प्रतिशत भन्दा कम आवेदनले मात्र पाउने गरेका छन् ।