यससाता प्रति तोला ८ हजार ९०० रुपैयाँले सुन महँगियो


यस साताको ७ दिन अवधिमा सुन र चाँदी दुबैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर ५ गते तोलामा २ लाख ४१ हजार ७०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंसिर १२ गते बढेर २ लाख ५० हजार ६०० रुपैयाँ पुगेको छ।

यसरी सुन यस साता प्रति तोला ८ हजार ९०० रुपैयाँले महँगिएको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि साताभर २४५ रुपैयाँले बढेको छ। मंसिर ५ मा तोलाको ३ हजार १०० रुपैयाँ रहेको चाँदीको मूल्य मंसिर १२ मा ३ हजार ३४५ रुपैयाँ पुगेको छ।

सुनको मूल्

* मंसिर ७ मा २ लाख ४४ हजार ६००,

* मंसिर ८ मा २ लाख ४२ हजार ७००,

* मंसिर ९ मा २ लाख ४७ हजार ९०० तथा,

* मंसिर १० र ११ मा २ लाख ४८ हजार ८०० कायम भएको थियो।

यस्तै चाँदी मंसिर ७ मा ३ हजार १३५, मंसिर ८ मा ३ हजार ११५, मंसिर ९ मा ३ हजार २००, मंसिर १० मा ३ हजार २२० र मंसिर ११ मा ३ हजार २८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।