काठमाडौं। मलेशिया कर्निवल २०२५, मलेशिया दुताबास काठमाडौँ, नेपालको सहकार्यमा आज मंसिर १३ गते बाट बौद्ध इन्टरनेशनल स्कुल, अत्तरखेलमा शुरुआत भयो।
मलेसियन दूतावास काठमाडौं, स्टडी प्लस प्रा. लि. र जोम नेपालसँगको सहकार्यमा मलेसियाको सहायक राजदूतको प्रमुख अतिथिमा कार्यक्रम संचालन भयाे।
यस कार्निवलमा युवा सहभागी वर्गलाई आकर्षित गर्न रोचक खेलकुद प्रतियोगिताहरू पनि समावेश गरिएको स्टडि प्लस र जाेम नेपालका प्रमुख उमेश अधिकारीले बताएका छन।
यस कर्निवलको नेपालका पर्यटकहरूलाई २०२६मा मलेसिया भ्रमण गर्न प्रोत्साहित गर्नु प्रमुख उद्देश्य रहेको सहायक राजदुत फिरादिउयसले बताउनुभयो । जसका लागि विजिट मलेसिया २०२६ अभियान हुन गैरहेको छ र खाना, सांस्कृतिक रहनसहन, उच्च शिक्षा र भ्रमणका उत्तम गन्तव्यमा बनाउनका लागि यसकाे आयाेजना गरिएको उनलेे बताए।
आजकाे खेलकुदको शुुभारम्भ प्रमुख अतिथि फिरादिउयस, स्कुलका प्रधानध्यापक हरि लामा र स्टडिप्लसका उमेश अधिकारी बाट भयाे।
अाजकाे खेल हाई स्कूल बास्केटबल र हाई स्कूल फूटसल (पुरुष टोली)काे खेल हुनेछन् ।
२०२६ मा विजिट मलेसिया मनाउनको लागि तयारी गर्दै, कार्निवलमा विशेष यात्रा प्याकेजहरू र अफरहरु पनि प्रदान गरिदै छ जसले नेपाली यात्रुहरू बीचमा बढि चासो उत्पन्न गर्न मद्दत गर्नेछ।


