काठमाडौं। ‘खेल तारकेश्वरको : सन्देश एकताको’ भन्ने मूल नारासहित भोलीदेखि चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुँदैछ ।
उक्त विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा नगर प्रमुख कृष्णहरि महर्जनले आफ्नो पालिका खेलकुद क्षेत्रमा राजधानीमै उत्कृष्ट रहेको बताउँदै आफूहरूले खेलकुदलाई अभिन्न अङ्ग मानेको खुलासा गरे ।
कौशल ई. बोर्डिङ स्कुल, हिमरश्मि हाई स्कुल, एन्जल्स हार्ट मा.वि., सिर्जना ज्ञानसागर मा.वि., ज्ञानभूमि मा.वि., किन्डरगार्टेन स्कुललगायत निजी विद्यालयमा अधिकांश इभेन्ट आयोजना हुने छन् भने पृथ्वीनारायण मा.वि., मनमैजु मा.वि.जस्ता सामुदायिक विद्यालयलाई खेलकुद आयोजना केन्द्र रहनेछन् ।
निकै कम सरकारी तथा सामुदायिक विद्यालयलाई परिचालन गर्न लागिएको सो रनिङ शिल्ड प्रतियोगितामा सार्वजनिक रङ्गशालामा गर्न उपयुक्त हुन्छ भन्ने विषयमा भने नगरपालिकाको खासै ध्यान गएको पाइएन ।
फुटबल, भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट, बास्केटबल, ब्याडमिन्टन, बुद्धिचाल, टेबलटेनिस लगायतका इभेन्टहरू सो रनिङ शिल्डमा समावेश हुने पनि महर्जनले अवगत गराए ।
पत्रकार सम्मेलनमा आफ्ना उपलब्धिको लामो फेहरिस्त प्रस्तुत गरेकाछन।
“नगर प्रमुख महर्जन रङ्गशाला निर्माण तथा उक्त रनिङ शिल्डको प्रस्तावित आम्दानी खर्चबारे भने मौनप्राय रहे।”
महर्जनले कार्यक्रमबारे यथाशक्य प्रचारप्रसार गरी सहयोग गरिदिन तमाम सञ्चारकर्मीसँग आग्रह गरे ।
