MCC नेपाल कम्प्याक्टको नयाँ उपलब्धि: १८ किलोमिटर प्रशारण लाइन र नयाँ बुटवल सबस्टेशनको निर्माण कार्यको शुभारम्भ


मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (MCA-Nepal) ले आज नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा १८ किलोमिटर प्रशारण लाइन र नयाँ बुटवल सबस्टेशनको निर्माण सुरु भएको अवसरमा निर्माण शुभारम्भ कार्यक्रम आयोजना गर्यो। राजदूत डिन आर. थम्पसन, माननीय अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, एमसीसीका आवासीय राष्ट्र निर्देशक डायन फ्रान्सिस्को, र एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले निर्माण शुभारम्भ कार्यक्रममा सहभागिता जनाउनु भयो ।

यो उपलब्धिले नेपालका प्रमुख ऊर्जा पूर्वाधारको निर्माण अब योजनाबाट कार्यान्वयनतर्फ अघि बढेको संकेत गर्दछ। यसले नेपालमा विद्युत प्रशारण क्षमता र क्षेत्रीय सञ्जाल सुदृढ बनाउनेछ। यस कार्यक्रमले अमेरिका र नेपाल दुवै सरकारहरूको एमसीसी नेपाल कम्प्याक्ट समयमै सम्पन्न गर्ने प्रतिबद्धतालाई पुनः जोड दिन्छ । साथै, नेपाल-भारत सीमा पार प्रशारण लाइनको निर्माणले दुई देशबीच ऊर्जा व्यापारलाई अझ विस्तार गर्नेछ र क्षेत्रीय आर्थिक वृद्धि मा सहयोग गर्नेछ।
आफ्नो भनाइमा राजदूत थम्पसनले यो परियोजना नेपाल र अमेरिका बीचको बलियो साझेदारीको प्रमाण भएको र दुवै देशले साझा समृद्ध भविष्यको दृष्टिकोण राखेको बताउनु भयो।

अमेरिका नेपाललाई भरपर्दो ऊर्जा प्रणाली निर्माण, क्षेत्रीय व्यापार विस्तार, र नेपाली जनताका लागि नयाँ अवसरहरू सिर्जना गर्न सहकार्य गर्न प्रतिबद्ध रहन्छ।

🇺🇸⚡️मिलेनियम च्यालेन्ज कर्पोरेसन (MCC) नेपाल कम्प्याक्टको नयाँ उपलब्धि: १८ किलोमिटर प्रशारण लाइन र नयाँ बुटवल सबस्टेशनको निर्माण कार्यको शुभारम्भ । 🇳🇵