नेप्से ५.३२ अंकले बढेर २६५५.९९ बिन्दुमा,


काठमाडौँ । मंगलबार सेयर बजारको नेप्से परिसूचक  ५.३२ अंकले बढेको छ । आजको वृद्धिपछि नेप्से परिसूचक २६५५ अंकमा पुगेको छ । यो सहित ३ दिनदेखि बजार निरन्तर बढेको छ ।

नेप्से बढेपनि कारोबार रकम घटेको तर अघिल्लो दिन ७ अर्ब ३ करोडको कारोबार भएकोमा आज ५ अर्ब ८२ करोडको भएको हो ।

१२२ कम्पनीको मूल्य बढ्दा १२५ को घट्यो भने १० को स्थिर रह्यो । दिनभर बजार सामान्य उतारचढावमा भएकोमा पनि अन्ततः बढेर बन्द भएको छ ।