काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
आज नेपाली बजारमा सुनको मूल्य एकैदिन ५ हजार २०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि ८५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ५ हजार २०० रुपैयाँले बढेर तोलाको २ हजार ४७ हजार ९०० रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।