काठमाडौं । ग्रीन सिटी अस्पताल परिसरमा अडियो पुस्तकको विमोचन शनिबार २०८२ मंसिर ६ गते सम्पन्न भयाे।
ग्रीन सिटी अस्पतालका अध्यक्ष श्री लोक बहादुर टन्डनकाे जिवनिमा अाधारित पुस्तक ‘सङ्घर्षमय जीवन’ को अडियो संस्करण आज एक विशेष कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ। अस्पताल परिसरमा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू, साहित्यप्रेमी तथा स्थानीयवासीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष टन्डनले आफ्नो जीवनका उतार–चढाव, संघर्ष र सफलताका अनुभवलाई पुस्तकमार्फत पाठकहरूका बीचमा पुर्याउन पाएकोमा खुशी व्यक्त गरे। उनले अडियो संस्करण सार्वजनिक भएपछि दृष्टिविहीन, उच्च व्यस्तता भएका पाठक तथा अडियो सामग्री रुचाउने सबैलाई पुस्तक सुन्न सहज हुने विश्वास व्यक्त गरे।
कार्यक्रमका अतिथिहरू वरिष्ठ ब्यक्ति ताेयानाथ पाैडेलले ‘सङ्घर्षमय जीवन’ पुस्तक केवल व्यक्तिगत अनुभवको संग्रह मात्र नभई प्रेरणादायी जीवनदर्शन भएको उल्लेख गर्दै अडियो संस्करणको प्रकाशनले यसको पहुँच अझै व्यापक बन्ने बताएका थिए।

अडियो पुस्तकको विमाेचन कार्यक्रम संचालन बरिष्ठ पत्रकार टंक पन्तबाट भएको हो।
विमोचन कार्यक्रममा प्रविन टन्डन, कमल जि.सि. लगायतका ब्यक्तिहरुकाे उल्लेख्यनिय सहयाेगमा सम्पन्न भयाे। कार्यक्रमको आयोजना सिटी अस्पतालले गरेको थियो।