काठमाडौं।नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई) ले यही चैत्र १६गते काठमाडौंको होटल बाराहीमा आफ्नो १० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
यस कार्यक्रम इटाली र नेपाल बीच बलियो व्यवसायिक सम्बन्ध प्रवद्र्धन गर्ने चेम्बरको अटल प्रयासमा एउटा महत्वपूर्ण कदम सावित भएको छ ।
उक्त कार्यक्रममा, प्रमुख अतिथिको रुपमा नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री माननीय रेखा शर्मा र अन्य विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो। साथै दुई राष्ट्र बीचको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने प्रतिष्ठित व्यक्तित्वहरूको पनि यस कार्यक्रममा उपस्थिति रहेको थियो । त्यसैगरी, नेपाल इटाली चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जय अग्रवाल, नेपाल इटाली चेम्बर अफ कमर्सका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठ, र इटालीका लागि नेपालका महावाणिज्य दुत श्रीमती प्रतिमा राणा पाण्डे लगायत एनआईसीसीआईका अन्य प्रमुख व्यक्तित्वहरूलाई चेम्बरको उद्देश्य प्रति उहाँहरुको अटल प्रतिबद्धताको लागि यस सभामा सम्मान गरिएको थियो ।
कार्यक्रममा माननीय रेखाशर्मा द्धारा “एनआईसीसीआई डाइरेक्टरी” को अनावरण भएको थियो, जुन चेम्बर अन्तर्गत भएका विकास र परिष्कृत संयोजकतालाई झल्काउँछ । उक्तअवसरमा द्विपक्षीय व्यापार सम्बन्धको विकासमा अमूल्य योगदान गर्ने सम्मानित अतिथिहरु लाई कदर गर्दै प्रशंसापत्र प्रदान गरिएको थियो ।
साथै, सभामञ्चमा नवनियुक्त सदस्यहरूलाई स्वागत र सम्मान गर्नुका साथै एनआईसीसीआईको नेपाल र इटालीबीचको व्यापार र लगानीलाई प्रोत्साहन गर्ने उद्देश्य प्रति उहाँहरुको समर्पणको प्रमाणको रुपमा सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो ।
राजेश काजी श्रेष्ठ, श्रीमती प्रतिमा पाण्डे र माननीय रेखाशर्मा लगायत विशिष्ट वक्ताहरूले एनआईसीसीआईले विगत वर्षमा हासिल गरेका उपलब्धिहरू बारे छलफल गर्नु भएको थियो । उक्त छलफलमा नेपाल र इटाली बीच आर्थिक वृद्धि र फलदायी साझेदारीलाई अझ वृद्धि गर्ने चेम्बरको अटुट प्रयासलाई जोड दिइएको थियो ।
आफ्नो समापन मन्तव्यमा, एनआईसीसीआईका अध्यक्ष श्री सञ्जय अग्रवालले सबै सदस्यहरूलाई उहाँहरूले गर्नुृभएको अटल सहयोग र समर्पणको लागि आभार व्यक्तगर्नु भएको थियो । उहाँले नेपाल र इटाली बीचको व्यापारिक सम्बन्ध र आर्थिक विकासलाई उत्प्रेरित गर्ने एनआईसीसीआईको अटल प्रतिबद्धता रहीरहने बताएका छन्।
एनआईसीसीआई, आफ्नो १० औं वार्षिक साधारणसभाको सफलता पछि, व्यापार र लगानीका अवसरहरूलाई सहजीकरण गर्ने आफ्नो लक्ष्यमा अझ बढी अडिग र समर्पित छ। चेम्बर द्विपक्षीय सम्बन्धलाई थप बलियो पार्न र दुवै देशको आर्थिक समृद्धिमा सहयोग पु¥याउन नयाँ पहल थाल्ने तयारीमा रहेको छ।