नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। आज रातिदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको छ।
इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्य नुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि बढाइएको निगमले जनाएको छ।
डिजेल र मट्टीतेलको मूल्य प्रतलिटर ०.३९ रुपैयाँ, हवाई इन्धनको मूल्य ०.३८ रुपैयाँ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २७.४४ रुपैयाँले घटेर आए पनि अहिलेलाई यथावत् राखिएको निगमले बताएको छ।
निगमका अनुसार एलपी ग्यासमा निगमलाई अहिले प्रतिसिलिन्डर २९६ रुपैयाँ घाटा रहेको छ।