-1711820427.jpeg)
चितवन।
नेपाल उद्योग परिसंघअन्तर्गत महिला नेतृत्व फोरम (सिएनआइडब्लुएलएफ) को आयोजनामा महिला नेतृत्व कृषि सम्मेलन–२०२४ सुरु भएको छ।
चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको महिला नेतृत्व कृषि सम्मेलनको शनिबार कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले उद्घाटन गर्नुहुँदै सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो । कृषि क्षेत्रको विकास, कृषि पेशाको सम्मान एवं कृषकलाई प्रोत्साहन गर्न आफु प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । मन्त्री साहले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि कृषिको आधुनिकीकरण गरिनुपर्ने बताउनुभयो ।
त्यसका लागि नीतिगत रुपमा सहजीकरण गर्न मन्त्रालय तयार रहेको उहाँको भनाइ थियो ।