सुनको मूल्यले नयाँ रेकर्ड कायम, प्रतितोला सुनको मूल्य १ लाख ३० हजार


काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज प्रतितोला सुनको मूल्य १ लाख ३० हजार रुपैयाँ पुगेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  २ हजार रुपैयाँले बढेर आज प्रतितोला सुनको मूल्य १ लाख ३० हजार रुपैयाँ पुगेको हो।

यसअघि बिहीबार एक तोला सुनको मूल्य १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला १ लाख २७ हजार ३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।