विन्धवासिनी हाइड्रोको शतप्रतिशत हकप्रद शेयर निष्काशन हुँदै


काठमाडौं । विन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीको दायित्व भुक्तानी गर्न तथा जलविद्युत आयोजनामा लगानी यस कम्पनीको हाल कायम रहेको चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने संचालक समितिले निर्णय गरेको हो ।

कम्पनीको कार्तिक १७ गते सोमबार बसेको सञ्चालक समितिले उक्त निर्णय लिएको हो ।

कम्पनीले हकप्रद शेयर जारी गर्ने प्रस्ताव नियमनकारी निकायबाट स्वीकृती भएपश्चात कम्पनीको आगामी साधारण शभामा पेश गर्ने निर्णय भएको पनि जनाएको छ ।