काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष निर्मल ढकालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले समक्ष अध्यक्ष निर्मल ढकालले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
नेपाल सरकारको मिति २०८२ साल कात्तिक १४ गतेको निर्णय अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका उपमहानिर्देशक रहनुभएका उनलाई राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्ष्य नियुक्त गरेको थियो ।
शपथ ग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटा र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठ लगायत पदाधिकारीहरू उपस्थित रहेको थियो ।