बाटो अवरुद्ध भएको सम्बन्धी सुचना, काहाँ काहाँ कुन मार्गहरु अवरोध छन:


 मिति २०८२।०७।१६ गते १०:०० बजे सम्म, बाटो अवरुद्ध भएको सम्बन्धी सुचना र काहाँ काहाँ कुन मार्गहरु अवरोध छन :-

१. जि.संखुवासभा भोटखोला गा.पा.४ बरुणखोला स्थित कोशी राजमार्ग अबरुद्ध ।

मिति २०८२।०२।०६ गते १२:०० बजेको समयमा जि. संखुवासभा भोटखोला गा.पा.-४, स्थित बरुणखोलामा बाढी आई ह्युम पाइप बगाएको हुँदा खाँदबारी देखि थुमसुर जाने कोशी राजमार्ग पुर्णरुपमा अवरोध भएको ।

२. जिल्ला रुकुम पुर्व मध्यपहाडी लोकमार्ग निर्माण कार्य अवधिसम्मको लागी पुर्णरुपमा बन्द हुने ।

मिति २०८२।०७।१२ गते अं.१०:०० बजे पुष्पलाल (मध्य पहाडी) राजमार्ग अन्तर्गत सिस्ने गा.पा.६ रानीकोट,किटानी,साँख एरियामा बाँकी रहेको निर्माण काम हुने भएको हुँदा मिति २०८२।०७।१२ गते देखी मिति २०८२।०७।३० गतेसम्म मध्य पहाडी राजमार्गको रानीकोट,किटानी,साँख सडक खण्ड तर्फ संचालन हुने यातायात सवारी संचालन पूर्ण रूपमा बन्द रहेको  ।

निम्न बैकल्पिक मार्गहरूः-

१.रानीकोट,किटानी,साँख खण्ड प्रयोग गर्ने ठुला सवारी साधनहरूको लागि बैकल्पिक मार्गको रूपमा कैचीमोड – धाउन्ने – पोखरा छिनखेत मार्ग प्रयोग गर्न हुन ।

२. रानीकोट,किटानी,साँख खण्ड प्रयोग गर्ने साना सवारी साधनहरूको लागि कैचीमोड – धाउन्ने – नाथीगार्ड – धपे मार्ग प्रयोग गर्न हुन ।

३.जि. ईलाम , मेची राजमार्ग अबरोध ।

जल तथा मौसम विज्ञान विभाग एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार बंगालको खाडीमा विकसित चक्रवत ‘मोन्था’ का कारण कोशी प्रदेशका धेरै स्थानमा  अत्यधिक बर्षा भई विपद्जन्य घटना घट्न सक्ने कुरालाई मध्यनजर गर्दै मिति २०८२।०७।१३ गते १९:०० बजे देखि विहान ०६:०० बजेसम्म (रातको समयमा) अर्को सुचना प्रकाशित नभएसम्मको लागी  ईलाम जिल्लाभित्रको मेची राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाईएको जानकारी गराईन्छ ।

 

४.जि.मुस्ताङ वारागुङ मुक्तिक्षेत्र गा.पा.३ जोमसोम कोरोला सडक खण्ड स्थित छुसाङ र ताङवे, बिच कालाभिर स्थित बाटो अवरोध ।

मिति २०८२।०७।१३ गते १७:५० बजेको समयमा जि.मुस्ताङ वारागुङ मुक्तिक्षेत्र गा.पा.३ जोमसोम कोरोला सडक खण्ड स्थित छुसाङ र ताङवे, बिचको कालाभिरमा लेदो सहितको पहिरो आई सडक पुर्णरुपमा अवरोध भएको ।

५.जिल्ला काभ्रे बि.पि. राजमार्ग सडक खण्ड विभिन्न स्थानहरु बन्द भएको ।

मिति २०८२/०७।१४ गते अ. ०५:०० बजेको समयमा जिल्ला काभ्रे नमोबुद्ध न.पा ६ चौकिडाडा, रोशी गा.पा. ७,ऐ ४०० बेशी, रोशी गा.पा ११ डालाबेशी रोशि गा.पा ९ बिरुवाडाडा, कोक्सिकुना बिरुवाडाडा , नार्के , स्थित बि.पि. राजमार्ग सडक खण्डमा सडक माथिबाट लेदो र ढुंगा खसी बाटो दुबै तर्फी अबरुद्ध भएको ।

६.जिल्ला पाँचथर तुम्वेवा गा.पा.२ र जिल्ला धनकुट्टा चौबिसे गा.पा.४ सिमाना स्थित तमोर-कोरिडोर सडक-खण्ड अबरुद्ध भएको ।

मिति-२०८२।०७।१४ गते राति देखि परेको अविरल बर्षाको कारणले जिल्ला पाँचथर तुम्वेवा गा.पा.२ र जिल्ला धनकुट्टा चौबिसे गा.पा.४ सिमाना भई बग्ने नावाखोलामा पानीको बहाव सहित बाढी आई तत्काल तमोर-कोरिडोर सडक-खण्ड पुर्णरुपमा अवरोध भएको ।

७. जिल्ला रसुवा पासाङल्हामु सडक खण्डमा विभिन्न स्थानहरु अबरुद्ध ।

मिति २०८२।०७।१४ गते अं.०७:४० बजेको समयमा अबिरल बर्षाको कारण जिल्ला रसुवा गोसाईकुण्ड गा.पा.वडा नं.२ तातोपानि, बालुवाखानि,घट्टेखोला र फ्याङ्लुङ स्थित पासाङ ल्हामु सडक खण्डमा सडक माथीबाट ढुङ्गा सहितको लेदो माटो आई बाटो पुर्णरुपमा अवरोध भएको ।

८.जि.मकवानपुर कुलेखानी सिस्नेरी दक्षिणकाली सडकखण्ड अवरोध ।

मिति २०८२।०७।१५ गते अं.१७:१५ बजेको समयमा जि.मकवानपुर इन्द्रसरोवर गा.पा.३ ज्यामिरे स्थित कुलेखानी सिस्नेरी दक्षिणकाली सडकखण्डमा अविरल बर्षाको कारणले पहिरो खसि बाटो पुर्ण रुपमा अवरोध भएको ।