यसै बित्तीय साक्षरता कार्यक्रममा कृषि विकास बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने उपस्थितमा कृषि बिकास बैंक गण्डकी प्रदेश र लुम्बीनी प्रदेशको आयोजनामा पुर्वी नवलपरासी जिल्लाको अमलटारी होमस्टे, रुपन्देही जिल्लाको धकधही र कपिलबस्तु जिल्लाको खनुवाका विद्यालयका एघार र वाह् कक्षामा अध्ययनरत विद्यार्थिहरुलाई बैंकका उपमाहाप्रबन्धकले बित्तीय साक्षरता कार्यक्रममा संचालन भयो।
वित्तीय साक्षरताका सम्वन्धमा बैंक, विद्युतिय बैंकिंग सेवा, बेलैमा बचत गर्ने बानीको बिकास, कर्जा, निक्षेप, एजेन्सी सेवा लगायत, बचतको महत्व, खाताबाट कारोवार गर्दा हुने फाईदा, विद्युतिय कारोवार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारीक खर्चको लेखापालन, विद्युतिय बैंकिंग कारोवार गर्दा अपनाउन पर्ने साबधानीजस्ता विषय सम्वन्धमा जानकारी गराउनु भयो। साथै आर्थिक समृद्धिका लागि परिवारका सदस्यहरुको भुमिका,
आम्दानीको बढी अंश बचत गरेर उत्पादनमुलक क्षेत्रमा लगाउनु पर्ने बारे प्रकाश पार्नुभयो । उक्त कार्यक्रममा सम्बन्धित प्रदेशका प्रमुख र प्रबन्धकको उपस्थिति रहेको थियो ।
बिश्व बैंकको आहवनमा यस बर्ष मार्च १८ देखि २४ सम्मलाई Protect your money, protect your future भन्ने नारा सहित Global Money Week को रुपमा बैंकले सबै प्रदेशमा बित्तीय साक्षरता कार्यक्रमा संचालन गरेको छ ।