काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २१ औं वार्षिकोत्सव सम्पन्न गरेको छ।
वार्षिकोत्सवको अवसरमा विहीबार बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा एक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्वल सत्यालले बैंकको यो गौरवपूर्ण यात्रामा साथ दिने सम्पूर्ण सरोकारवाला ब्यक्ति र निकायलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले आगामी दिनमा सांग्रिला डेभलपमेन्ट बैँक अझ बलियो भएर अघि बढ्ने विश्वास ब्यक्त गरे।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अहिलेसम्मको यात्रामा साथ दिने सबै सञ्चालक समितिका पदाधिकारी, कर्मचारी, ग्राहक, नियमनकारी निकाय तथा शेयरधनी महानुभावलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले यो लामो सम्बन्धलाई अझ उत्कृष्ट आधुनिक र स्मार्ट सेवाका साथ आगामी दिनमा अझ प्रगाढ र सुमधुर बनाउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
१३ कार्तिक, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २१ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा विहीबार बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा एक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्वल सत्यालले बैंकको यो गौरवपूर्ण यात्रामा साथ दिने सम्पूर्ण सरोकारवाला ब्यक्ति र निकायलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले आगामी दिनमा सांग्रिला डेभलपमेन्ट बैँक अझ बलियो भएर अघि बढ्ने विश्वास ब्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अहिलेसम्मको यात्रामा साथ दिने सबै सञ्चालक समितिका पदाधिकारी, कर्मचारी, ग्राहक, नियमनकारी निकाय तथा शेयरधनी महानुभावलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले यो लामो सम्बन्धलाई अझ उत्कृष्ट आधुनिक र स्मार्ट सेवाका साथ आगामी दिनमा अझ प्रगाढ र सुमधुर बनाउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।