सामूहिक शुभकामना, डिजिटल युगमा प्रवेश र उत्सवको जोश – एकै साथ!
काठमाडौं, १ कात्तिक – मदिरा व्यवसायी संघ काठमाडौंले डिजिटल यात्राको सुरुवात गर्दै भव्य समारोहबीच “मदिरा व्यवसायी संघ एप” को औपचारिक उद्घाटन तथा दशैं, तिहार, नेपाल संवत्, छठ र ल्होछार पर्वको अवसरमा शुभकामना आदानप्रदान र सांस्कृतिक देउसी-भैलो कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको अध्यक्षता मदिरा व्यवसायी संघ काठमाडौंका जिल्ला अध्यक्ष रुप तामाङले गर्नुभयो। अब व्यवसाय स्मार्ट फोनमै हुनेछ भन्दै सम्पूर्णलाई स्वागत गर्नुभयाे।
नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले एपको शुभारम्भ गर्दै भने: “यो एप व्यवसायमा पारदर्शिता, सूचनाको गति र सहकार्यको आधार बन्नेछ।“
“मदिरा व्यवसाय चुनौतीपूर्ण भए पनि समन्वय र प्रविधिका माध्यमबाट अवसर सिर्जना गर्न सकिन्छ।“
उक्त कार्यक्रममा मदिराको कम्पनीको प्रमुख व्यक्तित्वहरू राम श्रेष्ठ, सन्तोस श्रेष्ठ, दुर्गालाल श्रेष्ठ, हरि सिटौला, असिन सिटौला लगायतका उपस्थिति रहेकाे थियोे।
बिशिष्ट अतिथि: महासंघका अध्यक्ष सोनाम शेर्पाले सफलताको कामना र अरुसंंघहरुले पनि अनुसरण गर्दै जाने बताउनुभयो ।
संघ ललितपुर अध्यक्ष: हरिहर अधिकारिले मदिरा व्यवसाय आर्थिक योगदान दिने महत्त्वपूर्ण क्षेत्र हो भन्नुभयाे।
बिश्वश्वर प्रसाद आचार्य (संघ उपाध्यक्ष) ले व्यावसायिकता र सामाजिक उत्तरदायित्व आवश्यक रहेको मन्तव्य: ब्यक्त गर्नुभयो।
कार्यक्रममा देउसी–भैलो: व्यवसाय र संस्कृति हातेमालो
कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरू, देउसी–भैलो, र शुभकामनाहरूको आदानप्रदानले माहोल उल्लासमय बनाएको थियो।
देउसीमार्फत व्यवसायीबीच एकता, सहकार्य र आपसी सञ्जालको सन्देश प्रवाह गरिएको थियो।