लुम्बिनी स्पोर्ट्स अवार्डलाई केल्मीको प्रायोजन


नेपालगन्जमा हुन लागेको लुम्बिनी स्पोर्ट्स अवार्डलाई अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीले सहयोग गर्ने भएको छ।

आगामी मङ्सिर १८ गते नेपालगन्जमा पहिलो पटक हुन लागेको लुम्बिनी स्पोर्ट्स अवार्डलाई केल्मीले सह–प्रायोजन गर्ने भएको हो।

बिहीबार आयोजक लुम्बिनी स्पोर्ट्स अवार्ड संयोजक चाहना शाह र केल्मी नेपालको प्रतिनिधित्व गर्ने केल्मी नेपालगन्ज सोरुम प्रतिनिधि सिर्जना थपलियाले सम्झौतापत्र आदान–प्रदान गर्नुभयो।

खेलाडी र खेलकर्मी उपलब्धीलाई सम्मान गर्दै आयोजना हुन लागेको लुम्बिनी स्पोर्ट्स अवार्डमा जोडिन पाउँदा खुसी लागेको थपलियाले बताउनुभयो।

खेलाडी र खेलकर्मी उपलब्धीलाई सम्मान गर्दै आयोजना हुन लागेको लुम्बिनी स्पोर्ट्स अवार्डमा जोडिन पाउँदा खुसी लागेको थपलियाले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘नेपालगन्जमा हुन लागेको यो कार्यक्रम निकै राम्रो छ। खेलक्षेत्रमा हुने यस्ता सम्मानले नेपाली खेलाडी र खेलकर्मीको मनोबललाई बढाउने काम गर्छ । अवार्ड कार्यक्रममा सहकार्य गर्ने अवसर दिएकोमा आयोजकलाई धन्यवाद। कार्यक्रमको सफलताको शुभकामना दिन चाहन्छु।’

खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्ने उद्देश्य सहित नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड हुन लागेको छ।रङ्गशाला नेपाल मिडिया प्रालीले आयोजना गर्न लागेको लुम्बिनी स्पोर्टस् अवार्डमा विभिन्न चार विधामा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिने छ।

रङ्गशाला नेपाल मिडिया २०७३ साल जेठ १८ गते स्थापना भएको संस्था हो । रङ्गशाला नेपाल मिडिया प्रालीले सञ्चार र खेलकुदको क्षेत्रमा काम गर्दै आएको छ।

खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएको ब्रान्ड केल्मीसँग सहकार्य गर्ने अवसरले अवार्डलाई थप प्रभावकारी बनाउने लुम्बिनी स्पोर्ट्स अवार्डको संयोजक शाहले बताउनुभयो।