पाचौँ इन्टर स्कुल रोल बल र स्केटिङ्ग रेस च्याम्पियनसीप तथा छैठौँ नेशनल रोल बल लिग २०२५ सफलतापूर्वक सम्पन्न


काठमाडौँ – नेपाल रोल बल संघद्वारा आयोजित विभिन्न विद्यालयको सहभागितामा पाचौँ इन्टर स्कुल रोल बल र स्केटिङ्ग रेस च्याम्पियनसीप तथा छैठौँ नेशनल रोल बल लिग २०२५ उत्कृष्ट प्रतिस्पर्धासहित सम्पन्न भएको छ । फरक फरक उमेर समूहका खेलाडिहरुले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो विद्यालयलाई गौरवान्वित पारेका छन् । खेलकुदमार्फत बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा टेवा पु¥याउने उद्देश्यका साथ सम्पन्न यस प्रतियोगितामा निम्न अनुसारका विजेताहरु घोषित भएका छन् ।
पाचौँ इन्टर स्कुल स्केटिङ्ग रेस च्याम्पियनसीपका नतिजाहरु 
अन्डर ६ (बालिका)
प्रथम : मान्या राठी (रुपीज स्कुल)
दोस्रो : दिव्यांशी सिलवाल (मिल्सबेरी स्कुल)
तेस्रो : जिग्यासा बुढा (मिल्सबेरी स्कुल)
अन्डर ६ (बालक)
प्रथम : अद्वैत एम. खरेल (श्री शिव नरसिहं शिक्षालय)
दोस्रो : सार्थक शाही (श्री शिव नरसिहं शिक्षालय)
तेस्रो : आरश झा (मिल्सबेरी स्कुल)
६–८ वर्ष (बालिका)
प्रथम : कास्भी भट्टराई (ज्ञान संस्कार इन्टरनेशनल स्कुल)
दोस्रो : प्रशम्सा ठकुरी (ज्ञान संस्कार इन्टरनेशनल स्कुल)
तेस्रो : नाइरा गौतम अग्रवाल (श्री शिव नरसिहं शिक्षालय)
६–८ वर्ष (बालक)
प्रथम : रहिस खड्का (ज्ञान संस्कार इन्टरनेशनल स्कुल)
दोस्रो : शास्वत राज बिडारी (श्री शिव नरसिहं शिक्षालय)
तेस्रो : आवास गौतम (मिल्सबेरी स्कुल)
८–१० वर्ष (बालिका)
प्रथम : आरोही अर्याल (नामी स्कुल)
दोस्रो : अद्रिका नकर्मी (क्यापिटल सिटी एकेडेमी)
तेस्रो : नुमिङ्ग माबो (क्यापिटल सिटी एकेडेमी)
८–१० वर्ष (बालक)
प्रथम : आरोहन श्रेष्ठ (स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुल)
दोस्रो : आरोग्य शर्मा (स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुल)
तेस्रो : रिजन खड्का (क्यापिटल सिटी एकेडेमी)
१०–१२ वर्ष (बालिका)
प्रथम : आशिया तामाङ (श्री शिव नरसिहं शिक्षालय)
दोस्रो : समृद्धि तामाङ (श्री शिव नरसिहं शिक्षालय)
तेस्रो : सजना गुरुङ (क्यापिटल सिटी एकेडेमी)

१०–१२ वर्ष (बालक)
प्रथम : नवदीप लामा (विल्सन एकेडेमी)
दोस्रो : सौजन न्यौपाने (विल्सन एकेडेमी)
तेस्रो : रियान श्रेष्ठ (स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुल)

१२–१४ वर्ष (बालिका)
प्रथम : नमिसा श्रेष्ठ (स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुल)
दोस्रो : आरोही गुरुङ (स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुल)
तेस्रो : आश्विना महर्जन (रिब्स स्कुल)

१२–१४ वर्ष (बालक)
प्रथम : श्रीवत्स श्रेष्ठ (जेभियर इन्टरनेशनल स्कुल)
दोस्रो : गौरव सापकोटा (स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुल)
तेस्रो : आरव अग्रवाल (श्री शिव नरसिहं शिक्षालय)

१४–१६ वर्ष (बालिका)
प्रथम : शालोमी केसी (रिब्स स्कुल)
दोस्रो : इसानी श्रेष्ठ (स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुल)
तेस्रो : अनुप्रिया तण्डुकार (स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुल)
१४–१६ वर्ष (बालक)
प्रथम : सुभम राउत (रिब्स स्कुल)
दोस्रो : दिक्षान्त चौधरी (रिब्स स्कुल)

स्केटिङ्ग रेस अन्तर्गत २ स्वर्ण, ४ रजत र २ कास्य पदक सहित स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुल च्याम्पियन हुन सफल भए र दोस्रो स्थानमा श्री शिव नरसिहं शिक्षालय (२ स्वर्ण, ३ रजत र २ कास्य पदक) र तेस्रो स्थानमा रिब्स स्कुल (२ स्वर्ण, १ रजत र १ कास्य पदक) पर्न सफल भए ।

यसैगरी पाचौँ इन्टर स्कुल रोल बल च्याम्पियनसीपमा छात्रा तर्फ स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुल र छात्र तर्फ ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुल विजयी भएका छन् । सनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा छात्रा तर्फ स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुलले क्यापिटल सिटी एकेडेमीलाई ३–१ गोल अन्तरले हराउदै उपाधी जित्न सफल भएको थियो । स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुलको जितका लागि अनुप्रिया तण्डुकारले २ गोल तथा नमिसा श्रेष्ठले १ गोल गरेका थिए । उक्त खेलमा स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुलका अनुप्रिया तण्डुकार प्लेयर अफ द म्याच चुनिए । छात्र तर्फको फाइनल खेलमा ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुलले चेल्सी वल्र्ड स्कुललाई २–१ गोल अन्तरले हराउदै उपाधी जित्न सफल भएको थियो । ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुलको जितका लागी सुमित ठाकुरले २ गोल गरेका थिए भने चेल्सी वल्र्ड स्कुलको एक मात्र गोल आर्यस लामाले गरे । ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुललाई जित दिलाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने सुमित ठाकुर प्लेयर अफ द म्याच चुनिए । प्रतियोगितामा छात्रा तर्फ उत्कृष्ट गोलरक्षक स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुलका आरोही गुरुङ, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट खेलाडि स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुलका अनुप्रिया तण्डुकार घोषित भए र छात्र तर्फ उत्कृष्ट गोलरक्षक ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुलका सुसन क्षेत्री, सर्वाधिक गोलकर्ता ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुलका सुमित ठाकुर तथा उत्कृष्ट खेलाडि ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुलका आरभ तण्डुकार घोषित भए ।
छैठौँ नेशनल रोल बल लिग २०२५ अन्तर्गत दुवै महिला तथा पुरुप विधामा स्केटिङ्गहब विजयी भएका छन् । महिलातर्फको खेलमा स्केटिङ्गहबले फिटवेल लाई १–० को सामान्य अन्तरले हरायो । स्केटिङ्गहबका लागि एक मात्र गोल कप्तान योगिना श्रेष्ठले गरेका थिए भने स्केटिङ्गहबका गोलरक्षक आशिया तामाङ प्लेयर अफ द म्याच चुनिए । पुरुषतर्फको खेलमा स्केटिङ्गहबले फिटवेल लाई ५–० को फराकिलो अन्तरले हरायो । स्केटिङ्गहबका लागि सौहार्द श्रेष्ठ र इमोन यादबले दुई–दुई गोल र उज्वल महर्जनले एक गोल गरेका थिए भने स्केटिङ्गहबका गोलरक्षक अभिषेक मानन्धर प्लेयर अफ द म्याच चुनिए । प्रतियोगितामा महिला तर्फ उत्कृष्ट गोलरक्षक स्केटिङ्गहबका आशिया तामाङ, सर्वाधिक गोलकर्ता फिटवेल श्रिजना भण्डारी तथा उत्कृष्ट खेलाडि स्केटिङ्गहबका योगिना श्रेष्ठ घोषित भए र पुरुष तर्फ उत्कृष्ट गोलरक्षक स्केटिङ्गहबका अभिषेक मानन्धर, सर्वाधिक गोलकर्ता स्केटिङ्गहबका इमोन यादब तथा उत्कृष्ट खेलाडि स्केटिङ्गहबका सौहार्द श्रेष्ठ घोषित भए ।