काठमाडौं । सामसङ नेपालले नेपालीहरुको राष्ट्रिय पर्व तिहारलाई लक्षित गरेर आकर्षक छुट, क्यासब्याक अफर देखि साप्ताहिक र बम्पर उपहारसम्मको नयाँ योजना घोषणा गरेको छ ।
सामसङ नेपालका उत्पादनहरु खरिद गर्दा अबदेखि साप्ताहिक लक्की ड्र, बम्पर पुरस्कार, तत्कालै क्यासब्याक लगायतका विभिन्न प्रकारहरुका छुट र लाभको घोषणा गरेको छ । तिहारको मुड सबै गुड भन्ने नारा अघि सार्दै सामसङले आश्विन २६ गते आइतबारदेखि कार्तिक ३०
गतेसम्मका लागि देशैभरिका सामसङ आउटलेटहरुबाट सामसङ ब्राण्डका सामानहरु खरिद गर्दा यस्तो छुट तथा पुरस्कार सुविधा पाइनेछ ।
तिहारलाई लक्षित गर्दै सामसङले टिभी, फ्रिज, वासिङ मेशिनमा यस्तो छुट तथा लाभको सुविधा घोषणा गरेको हो । नयाँ मोडलमा उपलब्ध ति घरायसी सामानहरुले तिहारलाई अझै रोमाञ्चक तथा रंगिन बनाउन सहज हुने उद्देश्यले कम्पनीले बम्पर छुट तथा पुरस्कार समेत घोषणा गरेको जनाएको छ।
कम्पनीका अनुसार टिभी खरिदमा ३५ प्रतिशत क्यासब्याक सुविधा दिइएको छ । अर्थात ३५ प्रतिशतसम्म छुटमा तिभी खरिद गर्न सकिने छ । त्यस्तै, फ्रिजमा १९ प्रतिशत क्यास ब्याक अर्थात फ्रिजको प्रचलित बजार मूल्यमा १९ प्रतिशत छुट पाइने छ । त्यस्तै, वासिङ मेशिनमा २४ प्रतिशतसम्म क्यासब्याक सुविधा प्रदान गरिएको छ । कम्पनीले टिभी, फ्रिज र वासिङ मेशिनमा क्रमशः पाँच हजार, छ हजार र सात हजार रुपैयाँ एक्सचेन्ज अफर समेत घोषणा गरेको छ ।
उल्लेखित छुट सुविधा बाहेक ग्राहकहरुले साप्ताहिक लक्की ड्रमार्फत टिभीमा साउण्ड बार तथा फ्रिज तथा वासिङ मेशिनमा ओभर पाउनेछन् । त्यसैले सोही अवधीमा उल्लेखित सामान खरिद गर्ने ग्राहकहरु मध्येबाट बम्पर लक्की ड्रमार्फत टिभीका ग्राहकलाई एआई जडित फ्रिज, फ्रिजका ग्राहकलाई वासिङ मेशिन र वासिङ मेशिनका ग्राहकलाई ६५ इन्चको युएचडी टिभी प्रदान गरिने कम्पनीले जनाएको छ ।
त्यसको लागि ग्राहकहरुले सामसङकै आधिकारिक आउटलेटबाट सामान खरिद गर्नुपर्नेछ ।