कृषि। ओल थोरै लगानी तथा कम मेहनेतमै मनग्य आम्दानी हुने खेती हो।
कृषिमा जलबायु परिवर्तन अनुकूलता बालि अन्तर्गतको भाैगोलिक दृष्टिकोणले विकट तथा सिँचाइको सुविधा नभएको अन्न बाली उत्पादन कम हुने क्षेत्रमा किसानले ओल लगाउदा राम्रो देखिन्छ ।
केही समयदेखि धान, गहुँ जस्ता बालीभन्दा पाँच गुणासम्म बढी आम्दानी हुने गरेकाले किसान ओल खेतीप्रति आकर्षित भएको पाइन्छ ।
जलबायु परिवर्तन अनुकूलता बालि:
तरकारी बालीमध्ये पनि अरुभन्दा घामपानी खप्न सक्ने र उत्पादन घरमै लामो समयसम्म भण्डारण गर्न सकिने भएको हुँदा ओल सजिलो र आम्दानीको दृष्टिले भरपर्दो खेती भएको हो।
पाखे बारीमा ड्याङ्गमा रोपिने, बोट घामपानी खेप्न ज्याद्रो हुने र माटोमा फल्ने भएको हुँदा ओल चै अरु बाली भन्दा राम्रो बाली मानिन्छ।
उत्पादन:
प्रतिकठ्ठा १० देखि १२ क्विन्टलसम्म उत्पादन हुने ओल खनेर निकालेपछि पनि महिनौं नबिग्रने हुँदा फुर्सत र भाउ बुझेर बजार लान पाइने खेती रुपमा लिइन्छ ।
परिकार:
माटोमुनि फल्ने स्वास्थ्यको दृष्टिकोणले अति नै लाभदायक र खाँदा निकै स्वादिलो हुने ओल सामान्यतया सबैको रोजाइमा पर्ने तरकारी हो ।
यसबाट अचार, तरकारी जस्ता परिकार तयार गर्न सकिन्छ । ओलको तरकारी र अचारको परिकार प्रसिद्ध छ।
आम्दानी:
शीतभण्डारको सुविधा भएमा वर्षभरि नै टिकाउन सकिन्छ। प्रतिकट्ठामा पाँच हजार देखि सात हजारको लगानीबाट औसत २५/३० हजारसम्म आम्दानी हुने नगद बाली हो। उन्नत जातको एउटै बोटमा ८ देखि १० किलोसम्मको एउटै ओल फल्ने गर्छ । बजारमा न्यूनतम ४० देखि ८० रुपैयाँ र कतैकतै १०० देखि १२० सम्ममा बिक्री हुने गरेको छ ।
ओल खेती गर्ने समय:
प्रत्येक वर्ष चैत/वैशाखमा ओल रोपेर भदौ/असोजमा महिनाभरि खनेर निकालिन्छ ।
विषादी छर्किनु नपर्ने, सिँचाइ भए नभए पनि खासै फरक नपर्ने तथा तीन चार महिनामै हुने उत्पादनबाट लाखौँ आम्दानी लिन सकिने हुँदा ओल किसानबीच लोकप्रिय हुँदै गएको पाइन्छ।