नेपालको राष्ट्रिय कृषक समूह महासंघले भारी वर्षाको सम्भावित चेतावनी जारी गर्दै किसानहरूलाई धानबाली र कृषि सामग्री सुरक्षित राख्न आग्रह गरेको छ।
राष्ट्रिय कृषक समूह महासंघ, नेपालका अध्यक्ष पञ्चकाजी श्रेष्ठद्वारा जनहितमा जारि यो अनुरोध २०८२ आश्विन १८ गते जारी गरिएको हो।
महासंघको अनुरोध:
- भारी वर्षाको पूर्वानुमान: मौसम विभागको जानकारी अनुसार २०८२ आश्विन १८ देखि २० गतेसम्म (तिन दिन) कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा भई नदीमा पानीको बहाव बढ्ने र उच्च जोखिमको सम्भावना रहेको छ।
- यातायातमा सावधानी: महासंघले उक्त अवधिमा उच्च जोखिमलाई ध्यान दिँदै लामो दूरीको यात्रा नगर्न अनुरोध गरेको छ।
किसानहरूलाई आग्रह:
-
- चाँडै पाक्न लागेको धानबालीको निकास गर्न किसानहरूलाई आग्रह गरिएको छ, ताकि धान पानीले डुबेर वा ढलेर नोक्सान नहोस्।
- काटिसकेको अन्न
- तरकारीबालीका नर्सरीमा पानीको निकासी गर्नुहोला।
- खेतीपाती तथा पशुवस्तुलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न अनुरोध गरिएको छ।
समन्वय र पूर्वतयारी:
महासंघले सबै पालिका, जिल्ला, प्रदेश तथा राष्ट्रिय समितिका पदाधिकारी एवं सदस्यहरूलाई सम्भावित जोखिमप्रति सचेत रहन र समन्वय तथा सहजीकरणका लागि पूर्वतयारी अवस्थामा रहन पनि हार्दिक अनुरोध गरेको छ।
