ईकोनोमिक खबर, काठमाडौ।
एनआइसी एशिया बैंकले चौथो ऋणपत्रको रुपमा बजारमा ल्याउदैछ। रु १,००० अंकित दरका ४४,००,००० कित्ता बराबर रु ४ अर्ब ४० करोड बराबरको ७ वर्षको अवधिको ऋणपत्र निष्काशन गर्ने भएको छ । वार्षिक व्याजदर १०.२५ प्रतिशत भएको “एनआई सी एशिया ऋणपत्र २०८३/८४” निष्काशनको निमित्त बैंकले सानिमा क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ ।
प्रस्तावित १०.२५ प्रतिशत ब्याज भएको यस ऋणपत्र लगानीकर्ताका लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने बैंकको दाबी छ । सो ऋणपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा एनआइसी एशिया बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन।
रु.४ अर्ब ४० करोड बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत ९२ अर्ब ६४ करोड (व्यक्तिगत र ४० प्रतिशत ९१ अर्ब७६ करोड) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्काशन तथा बिक्री खुल्ला गरिनेछ । प्रस्तावित ऋणपत्र १०.२५ प्रतिशत बार्षिक व्याजदरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे बैंकले जनाएको छ ।